FAQs Complain Problems

वडा नं. ६

वार्ड नं. ६, षोडशादेवी
ऐतिहाँसिक दृष्टिले षोडशादेबी वडाको आफ्नै खालको विशेषता रहेको छ । यो वडा जिल्लाको सदरमुकाम मंगलसेनवाट ११ कोष टाढा उत्तर पुर्वमा अवस्थित छ । यो गाविस नेपालको एकिकरण अघि शाहवंशीय शासकहरु मध्येका बिम्कोटे राजाको शासन व्यवस्था भित्र रहेको थियो । राणा कालमा सम्पन्न जनगणना १९६८ साल पश्चात अछाम जिल्लालाई विभिन्न दराहरुमा विभाजन गर्ने क्रममा षोडशा, ठाँटी, ऋषिदह, कुस्कोट, बिन्धेवासिनी, हात्तीकोट, नन्देगडा र नवाठाना क्षेत्रलाई पन्ध्रबिस दरा भनिन्थ्यो । 
पञ्चायतको कालको राजनीतिक परिवेशमा तत्कालिन विम्कोटे राजाहरुको क्रिडास्थल र समग्र जिल्लाको हिसावले सोझा साझा जनता जसलाई जता पनि लगाउने सकिने राजनीतिक विश्लेषणका आधारमा त्यस ठाँउको मूल्याड्ढन गरिने चलन लामो समयसम्म कायम रहेको थियो । यस गाविसका जनतालाई राजनीतिक मितेरी लगाई आफु अनूकुल वनाई प्रभावमा राखि राख्न विकास भन्दा पनि टाउकेहरुसंगको मिलोमतोलाई बढि महत्व दिईन्थ्यो । यस गाविसको नामाकरण २०१८ बैशाख १ गते मुलुकमा अञ्चल, जिल्ला र ग्राम पञ्चायत विभाजन गर्ने अवधारणासंगै नवाघर, माडीगडा, झडिगाउँ, कालापातल, कराले र बाईगाउँलाई जोडी सबै गाउँको मध्ये भागमा पर्ने तथा घनाबस्ती भएको आधारमा माडीगडा ग्राम पञ्चायतको निर्माण गरियो । २०३२ सालमा गाउँ पञ्चायत हेरफेर गर्ने क्रममा मेल्लेख र माडीगडा गाउँ पञ्चायतलाई एउटैमा जोडी बिन्द्रावासिनी देबी (हालको बिल्थम शोडषा– १) लाई आधार बनाई बिन्द्रावासिनी गाउँ पञ्चायत नामाकरण गरियो । २०३७ सालको जनमत संग्रह पछिको सम्पन्न २०३८ सालको आम निर्वाचनमा अछाम जिल्लालाई ७५ गाउँ पञ्चायतमा विभाजन गरियो । गाउँ पञ्चायतको संख्या बृद्धि गर्ने क्रममा बिन्द्रावासिनी गाउँ पञ्चायतवाट अलग्याइयो । बिन्द्रावासिनी गाउँ पञ्चायतवाट अलग्याएर छुट्टै गाउँ पञ्चायत बनाउदा नवाघरमा अवस्थित षोडशादेबी मन्दीरको नामवाट षोडशादेबी गाउँ पञ्चायत नाम राखियो । वहुदलिय व्यवस्थाको स्थापना संगै पञ्चायती व्यवस्थाको अन्त्य भए पछि षोडशादेबी गाउँ विकास समितिमा परिणत गरियो । शोडषादेबी मन्दिरको नामवाटै यस गाविसको नामाकरण शोडषादेबी रहेको हो । 
पञ्चायत तथा पुर्वावस्थामा यस साविकको गाविस राजनीति थिचोमिचोबाट उम्किन खोज्नु स्वभाविक थियो । २०४६ को जनआन्दोलन पश्चात्त दमन, थिचोमिचो, निरंकुशता, तथा खोले टाकुरे सामन्तहरुको पञ्जाबाट मुक्त भएपछि  विगतको राजनीतिक अवस्थाको समिक्षा र्गै अघि बढेको देखिन्छ । जहाँ उत्पिडन हुन्छ भन्ने त्यहाँ क्रान्तिको थालनी हुन्छ भने झै यस गाविसमा पूर्व पञ्चहरुलाई परास्त गर्दै परिवर्तको पक्षमा जनताहरुको बहुमत अभिमत प्रकट भयो । आफैले चुनेर पहिलो र दोश्रो (२०४९र २०५४) स्थानीय निकाय निर्वाचनमा क्रमश ११÷४७ सिट प्राप्त गर्न सफल भए यहाँका जनताहरु । 
त्यसै गरी सोही साविक गाविस वार्ड नं. १ का कृष्ण प्रसाद जैशीलाई जिविसको सभापति जस्तो गरिमामय पदमा निर्वाचित गराउन यहाँका जनताहरुले महत्वपूर्ण भुमीका खेले भने गाउँपालिका अध्यक्ष लोकबहादुर बोहरा समेत यसै वडा निवासि हुन । यस वडा राजनीतिक हिसाबले अग्रस्थानमा रहेको छ । यसको जगमा यहाँको राजनीतिक चेतना अन्य गाविसको तुलनामा माथि उठेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तर्फबाट महिला सहित युवा पुस्ताका  नेताहरु जिल्लाको राजनीतिमा क्रियासिल हदै आएका छन् । द्वन्दकालिन समयसंगै भएको हुदा प्रयाप्त विकासका कार्यहरु गर्न अप्ठेरो पर्नु स्वभाविक थियो जसबाट सिङ्गो देश प्रभावित थियो तथापी यहाँबाट जिल्लास्तरमा नेतृत्व गर्ने र नीति निर्माण तहमा संक्रमणकालिन परिस्थितिमा पनि गाविसका निम्ति काम गर्ने कार्यमा त्यहाँका अगुवाहरु लागिरहेका छन् । राजनीतिक चेतनासंगै सामाजिक चेतनामा पनि बृद्धि भएको देखिन्छ । परम्परामा आधारित छाउपडी प्रथाको अन्त्य पूर्ण खोप युक्त, खुला दिशामुक्त गाविसको घोषणा सामाजिक क्रान्तिका केही उदाहरणहरु हुन । विगतमा एसएलसि पास गरिसके पछि आफ्ना छोराछोरीलाई कहाँ पठाउने भन्ने बाध्यता टरेको छ । हिरण्ड भट्टराईको क्रियासिलता तथा वडा र गाउापालिकाको सहयोगमा नन्देश्वरी माविलाई उच्च माविसम्म पु¥याई कक्षाहरु संचालन भईरहेको छ । पुनः उक्त विद्यालयलाई सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम (टेक्स कार्यक्रम) सिभिल ईञ्जिनियरिंग (डिप्लोमा तह) चालु शैििक्षक शत्र देखी संचालनमा छ । राष्ट्रिय मापदण्डको फुटबल ग्राउण्ड समेत निर्माणधिन अवस्थामा रहेको छ भने पक्कि भवनहरु ध्माधम निर्माण भैरहेका छन् जसलाई यहाँको युवा नेतृत्वको सफल कार्यका रुपमा लिइएको छ । युवा नेतृत्वकै पहलमा साँफेवगरबाट नुन ल्याई खानु पर्ने बाध्यतालाई हटाउन क्षेत्रीय सडकको निर्माण, सुरक्षित मातृत्वका लागि ९द्यष्चतज क्ष्ल ऋभलतभच० को स्थापना आदि विकासका निम्ति गरिएका केहि उदाहरणह हुन । त्यसैले २०६२÷०६३ को जनआन्दोलन पश्चात्त उक्त वडामाा थप केहि सुधारात्मक र सकारात्मक कार्यहरुको सुभारम्भ भएको मान्न सकिन्छ ।
यस वडा हाल मेल्लेख गाउँपालिका वार्ड नं. ६ मा अवस्थित छ । मिति २०७४ अषाढ १४ गते सम्पन्न (झण्डै १५ बर्ष पछि सम्पन्न) स्थानीय तह निर्वाचनमा यस वडाबाट तत्कालिन नेकपा (एमाले)तथा वर्तमान नेकपाका सदस्य नरपति रावल अन्य चार सदस्य सहित निर्वाचित भएका थिए । साथै यहि वडा निवासी कुईचे लुहार र हिमसरा देवि खड्का गाउँ कार्यपालिका सदस्य समेत रहेका छन भने वीर बहादुर बोहरा न्यायपालिका सदस्य छन् ।
वार्ड नं. ६
२ भौगोलिक स्वरुप÷ढालको अवस्था ९न्भयनचबउजष्अब िक्तचगअतगचभ,  क्यिउभ बलम  ीबलम ग्कभ० 
यस वडा जिल्ला सदरमुकाम मंगलसेनबाट उत्तरमा पर्दछ भने मेल्लेखबाट पूर्वमा पर्दछ । यस वार्ड नं. ६को पूर्वमा भने रामारोशन गाउँपालिका वार्ड नं. ७ सुतार पर्दछ भने केहि भाग वार्ड नं. ६ भाटाकाटिया पनि पर्दछ । पश्चिममा वार्ड नं. ५ तथा दक्षिण पश्चिममा वार्ड नं. ७ नन्देगडा पर्दछ । उत्तरमा वार्ड नं. १ ऋषिदह, उत्तर पूर्वमा वार्ड नं. २  ऋषिदह, उत्तर पश्चिममा वार्ड नं. ३ ठाँटी र दक्षिणमा वार्ड नं. ७ नन्देगडा तथा दक्षिण पूर्वको केहि भाग वान्निगढी जयगढ गापाको दर्ना यस वडाका सिमानाहरु हुन । १७१० मिटर उचाईमा रहेको यस वडाको अक्षांस  २९ण्१४.४ु४३.०९ुु उत्तरी अक्षाँस देखि पूर्वी देशान्तर ८१ण्१६.९ु६.९ू रहेको छ । भने गाविसको क्षेत्रफल ३०.०८ वर्ग किलोमिटर रहेको छ । 
धरातलयिस्वरुपको बारेमा अधिक जानकारी राख्न खोज्दा नेपालको धरातलीस्वरुपलाई अध्ययन गर्न पनि त्यतिकै सान्र्दभिक हुन्छ । यसबाट आफू रहेको स्थानका वारेमा थाहा पाउन सजिलो पर्दछ । 
नेपाल धरातलिय विविधतायूत्त मूलूक हो । विश्वको सर्वेच्चस्थान सगरमाथा (डडद्धडमी.) देखि समुद्र सतहदेखि छढ मी. मात्र उचाई भएको स्थान (धनूषाको मूसहरनीय छढ मी.) समेत रहेको ५ । यस विविधताका कार०ँले नेपालको भु– भागलाई निम्न तीन क्षेत्रमा विभाजन गरिएको ५ । 
१.    हिमालि क्षेत्रः नेपालको कूल भू–भागको १५ प्रतिशत ओगटेका यस प्रदेशमा समुद्र सतह देखी करब ३००० मिटर देखी ८८४८ मिटरसम्मको भू– भाग पर्दछ । अछाम जिल्ला यस क्षेत्रमा पर्दैन । 
२.    पहा८ी क्षेत्रः कुल भु( भागको टड प्रतिशत ओग६ेको यस भु भागमा समुद्र सतहदेखि करिब टण्ण् मि६र देखि घण्ण्ण् मि६र सम्म उचाई भएको भु( भागहरु यस क्षेत्रमा पर्द५न् । उक्त उचाईँमा नेपालका छ व६ै विकास क्षेत्र (हालका अधिकांश प्रदेश राजधानी) सदरमूकामहरु तथा द्धढ व६ा जिल्लाहरु प्रर्द५न् । यस प्रदेशमा अग्ला एवम होचा पहा८, उपत्यका, ६ार, दून तथा वेंसीहरु रहेका ५न् । का७मा८ौ, पोखरा जस्ता प्रसि४ उपत्यकाहरु यसै क्षेत्रमा पर्द५न् । यस खालको मुख्य भूमीमा आवादी र खेतीपाती राम्रो हुने गर्दछ । धेरै चिसो वा गर्मी नहुने यस खालको हावानीयुक्त क्षेत्र अछाम जिल्ला र यसका सम्पुर्ण वडाहरु पर्दछन, शोडषादेवी पनि ।
३.    तराई क्षेत्रः कुल भु( भागको १७ प्रतिशत ओगटेको तराई क्षेत्रमा समुद्र सतहदेखी ५९ मिटर देखी ६०० मिटरसम्म उचाई भएका भु( भागहरु पर्दछन । अछाम जिल्लाका खास गरी कर्णाली नदिसम्म जोडीएको विनायक वडाको वेलखेत ६९१ मिटर, कैलाशखोलाको सडक पुल भएको ठाँउ ६६९ मष्टामाण्डौं वडा भवन ५८२ मिटर शिद्धेश्वर वडाको बसपार्क ६११ मिटर र बैनाथ वडाको वडा भवन ६१३ मिटरमा अवस्थित छन् । मष्टामाण्डौं वडा भवन भने तराई क्षेत्रको उचाँईको मापदण्ड भित्र अवस्थित भएतापनि यसका  ९५ प्रतिश भु( भागहरु तराई क्षेत्रका मापन भित्र पर्दैनन् । शोडषादेवी वडाको कुनै पनि भाग यस क्षेत्र भित्र पर्दैनन । 
धरातलीय ढाल ९ीबलम क्यिउभ० को अवस्था समुन्द्रि सतहबाट वृद्धि हुदै गएको उचाईसंग सम्बन्धित विषय भएकाले हुदा सम्बन्धित भौगोलिक क्षेत्रकोे धरातलीय अवस्था पनि यसै भित्र पर्दछ । अछाम जिल्लाको कूल भू–भाग ५०.८७ प्रतिशत ३०ण् भन्दा बढी भिरालोपनमा पर्ने हुदा यस वडाको भू– भाग पनि यहि तथ्याङ्क भित्र समावेश गर्नु पर्ने हुन्छ ताकि उक्त क्षेत्रको भिरालोपन विश्लेषण तथा जानकारी प्राप्त गर्न सहज हुन्छ । भिरालोपन भौगोलिक वातावरणसंग प्रत्येक्ष सम्बन्ध राख्दछ । हावापानीमा यसको प्रत्येक्ष असर ९म्ष्चभअत क्ष्mउबअत० पर्ने हुदा यस सम्बन्धि तलको नक्शाहरु (२ किलोमिटर, स्केलमा)ः मा उपयुक्त हुन्छ । 
यस वडाको भौगोलिक वर्गिकरणः वर्ग र यसको हावापानिमा प्रभाव
९न्भयनचबउजष्अब िऋबिककषष्अबतष्यल, ऋबिकक बलम क्ष्mउबअत यल ऋष्mिबतभ०

वडा नं ४ को वार्ड नं. ६ को अन्तरसम्बन्ध ९क्ष्लतभच च्भबितष्यल०स् यस वडाको अन्तरसम्बन्ध निकटका वडाहरु जस्तै, विन्धेवासिनी, नन्देगडगा, हत्तिकोट, वान्निगढी जयगढको तिमिल्सेन, कालिका, दर्ना, ठाँटी, बाब्ला, बाजुरा जिल्लाको छतारा, तोली, कुलदेउमाण्डौं, कैलाशमाण्डौंसम्म तथा बा¥हविस वडा र रामारोशनको सुतार, भाटाकाटिया, बाटुलासेनसंग ठुलो सञ्जाल छ अन्तरसम्बन्धको लागि । यि वडाहरु उक्त वडाका अन्तरसम्बन्धित, पारस्परिक सहयोगी, कतिपय गाविस साझा वन, समान संस्कृति भएका गाविसहरु हुन ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
३९३४
Ward Contact Number: 
9868523872