FAQs Complain Problems

वडा नं. ३

वार्ड नं. ३, ठाँटी
ऐतिहाँसिक दृष्टिकोणले यस वडाको आफ्नै खालको विशेषता रहेको छ । यो वडा जिल्लाको सदरमुकाम मंगलसेनवाट १४ कोष टाढा उत्तरमा अवस्थित छ । उक्त वडा नेपालको एकिकरण अघि शाहवंशीय शासकहरु मध्येका बिम्कोटे राजाको शासन व्यवस्था भित्र रहेको थियो । राणा कालमा सम्पन्न जनगणना १९६८ साल पश्चात अछाम जिल्लालाई विभिन्न दराहरुमा विभाजन गर्ने क्रममा हालको षोडशा, ठाँटी, कुस्कोट, बिन्धेवासिनी, हात्तीकोट, नन्देगडा र नवाठाना क्षेत्रलाई पन्ध्रबिस दरा भनिन्थ्यो । 
पञ्चायतको कालको राजनीतिक परिवेशमा तत्कालिन विम्कोटे राजाहरुको क्रिडास्थल र समग्र जिल्लाको हिसावले पिछडिएको तत्कालिन १५– २० क्षेत्र अझै ठाँटी भनेपछि जनता सोझा, ठाँउ विकट भन्ने अर्थबाट बुझ्ने गरिन्थ्यो । विगतमा ठाँटी वर्तमानमा रहेको भौगोलिक वनावट भन्दा ठूलो रहेको बुझिन्छ । ठूलो वडा तर साधन श्रोतको अभावका कारण यस वडाले विकास निर्माणको हकमा धेरै उपलब्धि हाँसिल गर्न सकेको देखिदैन । विकास निर्माणका पूर्वाधारहरुको अभावमा जनस्तर, चेतनाकोस्तर, शिक्षा, स्वास्थ्य सबै विषयहरु प्रभावित हुने गर्दछन । विकासको बाधकका रुपमा रहेको प्रमुख कारण भने तत्कालिन राज्य सत्ता अझै सामन्तवाद र भुरे टाकुरेराजाहरु  भएको जननिश्कर्ष देखिन्छ । आफू अनुकूल उपयोग गर्ने तथा सत्ता प्राप्ति पछिमा स्वार्थशिद्ध पश्चात्त जनतालाई चिन्न छोडनु पञ्चायती प्रवृत्ति थियो । जिल्ला सदरमुकामबाट १४ कोषको दूरीमा रहेको यस वडामा सरकारी सेवा प्रवाहमा भने समस्या समस्या देखिएको छ । 
सोझा साझा जनता जसलाई अनुकूलतामा उपयोग गर्न सकिने राजनीतिक विश्लेषणका आधारमा त्यस ठाँउको मूल्याड्ढन गरिने चलन लामो समयसम्म कायम रहेको थियो । यस वडाका जनतालाई राजनीतिक मितेरी लगाई आफु अनूकुल वनाई प्रभावमा राखि राख्न विकास भन्दा पनि टाउकेहरुसंगको मिलोमतोलाई बढि महत्व दिईन्थ्यो । पुरानो दर्वा पञ्चायत लाई २०३७ सालको जनमत संग्रह पछिको सम्पन्न २०३८ सालको आम निर्वाचन पछि अछाम जिल्लालाई ७५ गाउँ पञ्चायतमा विभाजन गरियो । सरकारी नीति अनुसार दर्वा पञ्चायत २०३९ सालमा हालको ऋषिदह अलग भएपछि गठित उक्त गाउँ पञ्चायतको नाम दर्वा र वगुडको शिरानीमा रहेको सम्म परेका (गडाहरु) आलिहरु जस्तैः ठाँट परेका अर्थात ठाँटिएका भन्ने शब्दबाट विकास हुदै उक्त गाउँपञ्चायतको नाम हालको ठाँटी रहन गएको हो ।  
२०४६ को जनआन्दोलन पश्चात्त दमन, थिचोमिचो, निरंकुशता, तथा खोले टाकुरे सामन्तहरुको पञ्जाबाट मुक्त भएपछि  विगतको राजनीतिक अवस्थाको समिक्षा गर्दै अघि बढेको देखिन्छ । २०४९ र २०५४ मा यहाँ एमाले उम्मेदवारहरु विजयी वनेका देखिन्छ । केही वडाहरु कांग्रेस, अधिकांश वडाहरु एमाले उम्मेदवारहरु विजयी वनेको देखिन्छ । २०६२÷०६३ को परिवर्तन पछि भने उक्त गाविसबाट समेत सामन्तवादको उन्मुलन भएको देखिन्छ । २०५४ सम्पन्न स्थानीय निकाय निर्वाचानमा नेकपा (एमाले) कार्यकर्ता केशर बुढा गाविस अध्यक्ष तथा सोही गाविस निवासि हेमराज शाह ईलाका सदस्या (ईलाका नं. ४ सदस्य) मा एमालेको तर्फबाट विजयी भएका थिए । 
अझै २०६२÷०६३ को जनआन्दोलन पछि जनतामा राजनीतिक चेतनाकोस्तर माथि उठेको छ । गाविसमा नेकपा (यहाँ नेकपा र नेपाली कांग्रेस क्रमश सक्रिय देखिन्छन तापनि केहि पार्टीहरुले अझै पनि जिल्लास्तरमा प्रतिनिधित्व गर्ने नेतृत्वको विकास गर्न सकिरहेको देखिदैन । 
यस वडा हाल मेल्लेख गाउँपालिका वार्ड नं. ३ मा अवस्थित छ । २०७४ अषाढ १४ गते सम्पन्न (झण्डै १५ बर्ष पछि सम्पन्न) स्थानीय तह निर्वाचनमा यस वडाबाट तत्कालिन नेकपा (एमाले)तथा वर्तमान नेकपाका सदस्य केशर बहादुर शाह अन्य चार सदस्य सहित निर्वाचित भएका थिए । साथै यहि वडा निवासी नरेन्द्र नेपालि तत्कालिन नेकपा (एमाले) तथा हालको नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट गाउँ कार्यपालिका सदस्य उक्त पार्टीबाट समेत रहेका छन ।
सामाजिक आन्दोलनमा समेत यस वडा सक्रिय रहेको देखिन्छ । चाहे खुला दिशामुक्त वडाको सन्दर्भ होस वा पूर्ण खोपयुक्त, छाउपडि मुक्त, धुवा रहित, मदिरा मुक्त, जातीय विभेद रहित वडा घोषण तथा पूर्ण साक्षर वडाको घोषणा होस महिला तथा पुरुषहरुको वा युवा, विद्यार्थि, शिक्षक, कर्मचारी, सामाजिक कार्यकर्ता सबै सक्रिय सहभागिता रहने गरेको छ । सरकारी सेवा सुविधाको प्राप्तिका लागि सदरमुकाम प्राय मंगलसेन जानुपर्ने बाध्यता विद्यमान छ । नुन बोकेर खानु पर्ने यात्राका दिनहरुको समाप्ति भएको छ । यस क्षेत्रको प्रतिनिधि तथा ईलाका नं. ४ का राजनीतिक कार्यकर्ताको सक्रियतामा सडक यातायातकालागि राष्ट्रिय योजना आयोगले मष्टामाण्डौं हुदै हत्तिकोट, कुस्कोट– ठाँटी ऋषिदह सम्मको पर्यटन मार्ग (मालिका, नन्दामाता पर्यटकीयस्थल केन्द्रित) सडकको निर्माण भईरहेको छ । यसै क्षेत्रको एमाले नेता कृष्णप्रसाद जैशी जिविसको सभापति हुदा निर्माण गरिएको २० वर्षे जिल्ला सडक गुरु योजना ९म्त्ःए० को मापदण्डमा दिगोपनाका लागि उक्त सडकलाई पनि समावेश गरी पर्यटकीय महत्वको वनाउने उद्देश्यले काम थालिएको छ र वाजुराको रिठा वजारबाट अन्तरजिल्ला सडकको काम यस क्षेत्रका अगुवाहरुको पहलमा सुरु भएको छ ।
संचारका लागि गाविसको हरेक क्षेत्रमा मोवाईल नेटवर्कले काम गरिरहेको छ तापनि आफ्नौ वडामामा भने टावरको निर्माण हुन सकेको छैन, प्रयास जारी छ । भने स्वास्थ्य सेवा मातृ तथा बाल मृत्युदरमा कमी ल्याउन सरकारी योजना अनुसार स्वास्थ्य चौकी र गाविसले आफ्नो पहलमा द्यष्चतज ष्ल ऋभलतभच को स्थापना गरी सेवा प्रवाह भईरहेको छ । दर्वा क्षेत्रको लागि समेत द्यष्चतज ष्ल ऋभलतभच को स्थापना गरी सेवा प्रवाह प्रयास भैरहेको छ । शान्ति सुरक्षाको लागि तत्कालिन एमाले नेता (हाल नेकपा स्थायि कमिटी सदस्य) भीम रावल गृह मन्त्रि हुदा यहाँ ईलाकास्तरको चौकी स्थापना गरिएको छ । तत्कालिन सभाषद् शेरबहादुर कुँवर तथा जिविसका पूर्व सभापति कृष्णप्रसाद जैशी, हिरण्ड भट्टराई, हेमराज शाह, गोकुल शाह, केशर बुढा, झंकर शाह आदिको सक्रियतामा क्ीऋ बोर्ड, स्थापना, उच्च शिक्षा (ं२) कक्षा १२ कक्षासम्मका लागि स्थानीय पिपलचौर माविमा  पठनपाठन भईरहेको छ । यहाँ २वटा माध्यामि विद्यालयहरु मध्ये अर्को पिपलसेन मावि दर्वामा रहेको छ । यस बाहेक थप शिक्षा प्राप्त गर्न छिमेकी मेल्लेख तथा बाजुरा वा अन्यत्र जानु पर्ने बाध्यता यथावत छ । यस वडाको पूर्वमा ऋषिदह १ पश्मिमा कुस्कोट, तथा केहि भाग विन्धेवासिनी, उत्तरमा बाजुरा र दक्षिणमा शोडषादेवी पर्दछन ।  
२ भौगोलिक स्वरुप तथा भू– उपयोग
भू– वनोट ९न्भयनचबउजष्अब िक्तचगअतगचभ०स् यस ३ नं. वडा ठाँटी मेल्लेख गाउँपालिकाबाट उत्तरमा जिल्ला सदरमुकाम मंगलसेनबाट १४ कोष टाढा पर्दछ । ३ नं. वडा ठाँटीको पूर्वमा बाजुरा र ऋषिदह, पश्चिममा वार्ड नं. ४ कुस्कोट, उत्तरमा बाजुरा र दक्षिणमा वार्ड नं.६ शोडषादेवी पर्दछन् । यस वडा समुन्द्रि सतह देखी जम्मा १४५८ मिटर उचाईमा मात्र अवस्थित भएको हुदा यस गाउँपालिकाका केही वडाको तुलनामा यहाँको हावापानीमा विविधता भेटिन्छ । वडाको अधिकतमक उचाई २४४० र न्यूनतम ९६० मिटर भएको हुदा वडामा मिश्रित खालको हावापानी पाईन्छ । उत्तरमा बग्ने बुढिगंगा अधिकतम ८४० मिटरबाट बग्ने गर्दछ । 

यस वडा भू–गोलको दृष्टि कोणले सानै देखिएतापनि भौगोलिक विभाजन दर्वा– बगुडा भनेर छुटिएको देखिन्छ । करिब १ः३० घण्टाको दूरीमा यि दुई गाँउहरुको रहेका छन् । साविक वडा नं. १–५ सम्म बगुडा तथा ६– ९ सम्म दर्वा गाँउमा यस वडाका वडाहरुको अवस्थिति छ । जङ्गलको अत्याधिक भाग वडाको दक्षिणी क्षेत्रमा पर्दछ । दक्षिणको घना जङगल र उचाईका आधारमा वडाका दर्वामा पानीको अत्याधिक श्रोत उपलब्धछ भने सा वगुडाको ४ वडाहरुमा यसको तुलनामा पानिको श्रोतहरु कम भेटिन्छन । खेत रोप्ने प्रयोजनमा स्थानीय खोला, मुहान तथा कासागाड सहयोगी देखिन्छन । उत्तरमा बग्ने काँसागाड नदि ऋषिदह, छिमेकी जिल्ला बाजुरा र ठाँटी वडामा स्थानीय जनतालाई उज्यालो प्रदान गर्न सहयोगी बनेको छ । ठाँटी वडामा करिब ४५ किलो वाट क्षमता वराबरको विद्युत ९ःष्अचय ज्थमचय० सञ्चालनमा रहेको छ । उत्तरी सिमानामा पर्ने बुढिगंगा नदीलाई राष्ट्रिय गौरबको योजनामा समावेश गराई कुवेत र साउदी कोषबाट निर्माण हुने गरी यस क्षेत्रको नेतृत्व, निवर्तमान सभाषद् माननीय शेरबहादुर कुँवर र पूर्व गृह मन्त्रि तथा एमाले केन्द्रिय सदस्य भीम रावल, पूर्व जिविस सभापति कृष्णप्रसाद जैशी सहित स्थानीयको सक्रियतामा २० मेगावाट क्षमताको विद्युत उत्पादन कार्य शुरु प्रकृयामा छ जुन ठाँटी वडाको नजिकै पर्दछ  । 
समुन्द्रि सतहको उचाईको बढ्दो क्रमले मानवीय सभ्यतामा समेत फरक र जिवनशैलीमा भिन्नता संस्कृतिमा विविधता ल्याउने गर्दछ । यस वडामा उपलब्ध हुने सेवा र सुविधा तथा राज्यको पहँच भन्दा टाढा नभएतापनि श्रोत विभाजनमा भने सदरमुकाम वरीपरि फरक र सौतेनी व्यवाहार गरेको अनुभूती कतिपय सन्र्दभमा छथभन्दा हकमा को हावापानी, संस्कृति, पराम्परा, रहन सहन, लवाई खवाई तथा दैनिक क्रियाकलापहरु । ईलाका नं. ४ का अन्यस वडाहरुको यस वडाको हावापानी निकै फरक छ । अन्य ५ वडामा पाईने वनजंगल यस वडामा उपलब्ध हुन्छ । दक्षिमा घना जंगल र जसबाट प्रयाप्त दाउरा, स्याउला, घाँस तथा कुकाठ उपलब्ध हुन्छ भने उत्तरमा भने साल तथा गर्मीमा पाईने वनपैदावरको उपलब्धता भेटिन्छ । भौगोलिक सूचना प्रणाली ९न्क्ष्क्० का आधारमा ठाँटी वडाको भूगोललाई केलाउदा यहाँ ीभखभ ित्भचचबअभक ष्ल ज्ष्िि क्यिउभ ऋगतिष्खबतष्यल, न्चबककबिलमक बलम क्जचगदक गरी तीन भागमा बाँडिएको देखिन्छ, । उक्त वडाको भू– गोल धान तथा गहुँ, मकै, कोदो, तोरी, जौ, आलु आदि उत्पादनका लागि महत्वपूर्ण मानिन्छ । वडा तरकारी, माछा, दहि, काफल, तिर्खुला, ऐसेलु आदीको लागि प्रख्यात मानिन्छ । 
यस वडामा शाह, बुढा, रावल, विष्ट, कामी जातीको बाहुल्यता छ । बुढा र शाह जाती अरु जातीहरुको तुलनामा बढी छन् तापनि वडामा रहेका सवै जातजातीहरु मिलेर साझा कामको लागि जेटछन्, सबै मिलेर सार्वजनिक समस्याहरुको समाधानका लागि पहल गर्दे गर्दछन ।  सांस्कृति जाती पिच्छे फरक हुने भएतापनि परम्परागत मनाईदै आएका स्थानीय चाँडपर्वहरुमा सबैको सहभागिता रहन्छ । आ–आफना कुलदेउताको पुजा गर्दछन । वेतालमाण्डौं, मैठामाडु (मषमाण्डौं), दर्गा मन्दिर, झुलदेउ, डेडेखापर आदि यहाँका मुख्या देवी देउता हुन । 
वडाको उचाईका कारण यस वडामा दुई खाले हावापानीको उपलब्धता देखिन्छ । 
१.    उष्ण मौसमी हावापानीःसमुन्द्री सतहदेखी १२०० मिटर सम्मको उचाईमा उपलब्ध हुने हावापानी यस वडामा उपब्ध । कम उचाईका कारण ग्रिष्मऋतुमा यहाँको तापक्रम ३०० से. भन्दा बढी हुने गर्दछ भने हिउदमा २०० सेन्टिीग्रेडसम्म यस वडाको तापक्रम रहने गरेको छ । यस वडाको भू– गोलको उचाई अनुसार मनसुनि वायुको प्रभावले करिब २००० मिलिमिटरसम्म वर्षा  भएको पाईन्छ । 
२.    न्यानो समशितोष्ण हावापानीः उक्त  हावापानी १२०० मिटर भन्दा माथिको उचईमा पाईने भएको हुदा यस वडाको वडा नं. २ को माथिल्लो भागमा यस प्रकारको हावापानी पाईन्छ । यस उचाईमा सरदर ५०– १०० सम्म तापक्रम हुने र मनसुनि वायुको प्रभावले करिब २००० मिलिमिटरसम्म वर्षा  भएको पाईन्छ । 
भू– उपयोग ९ीबलम ग्कभ० कूल क्षेक्रफलको ५०६९०५० वर्ग मिटर क्षेत्रफल रहेको जम्मा खेतीका लागि योग्य मानिन्छ ठाँटी वडाको जमिन । खेती योग्य जमिनको क्षेत्र प्रयाप्त छ । कासागाड सिंचित हुने यस वडाका अधिकांश खेतहरु समयमा नै खेती गर्न योग्य भएता पनि खधान फल्ने योग्य जमिन प्रयाप्त छैन । बलौटे माटोको प्रभावले तातो भन्दा बढी भाग चिसो क्षेत्रले ओगटेको यस वडाको भू– भागमा मकै, कोदो, आलु प्रयाप्त फल्छ ।
वडा नं. ३ को अन्तरसम्बन्ध ९क्ष्लतभच च्भबितष्यल०स् यस वार्ड नं. ३ को अन्तरसम्बन्ध निकटवर्ती वडाहरु जस्तैः ऋषिदह, शोडषा, कुस्कोट, वाजुराको छतारा, तोली, बा¥हविससंग रहेको छ र उपयर्युक्त वार्ड तथा स्थानहरु यहाँका अन्तरसम्बन्धित, पारस्परिक सहयोगी साझा वन, समान संस्कृति भएका स्थानहरु समेत हुन ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
2673
Ward Contact Number: 
9865833622