FAQs Complain Problems

वडा नं. १

 वडा अध्यक्ष

वार्ड नं. १, ऋषिदह
ऐतिहाँसिक दृष्टिले  यस वडाको आफ्नै खालको विशेषता रहेको छ । उक्त वडा जिल्लाको सदरमुकाम मंगलसेनवाट १७ कोष टाढा उत्तरमा अवस्थित छ । यस वडा नेपालको एकिकरण अघि शाहवंशीय शासकहरु मध्येका बिम्कोटे राजाको शासन व्यवस्था भित्र रहेको थियो । राणा कालमा सम्पन्न जनगणना १९६८ साल पश्चात अछाम जिल्लालाई विभिन्न दराहरुमा विभाजन गर्ने क्रममा षोडशादेवी, ठाँटी, शोडषादेबी, कुस्कोट, बिन्धेवासिनी, हात्तीकोट, नन्देगडा र नवाठाना क्षेत्रलाई पन्ध्रबिस दरा भनिन्थ्यो । 
पञ्चायतको कालको राजनीतिक परिवेशमा तत्कालिन विम्कोटे राजाहरुको क्रिडास्थल र समग्र जिल्लाको हिसावले पिछडिएको तत्कालिन १५– २० क्षेत्र अझै ऋषिदह भनेपछि जनता सोझा, ठाँउ विकट भन्ने अर्थबाट बुझ्ने गरिन्थ्यो । तत्कालिन प्रशासक वा नेताले उक्त ठाँउका जनताको पिरमर्का भन्दा पनि आफ्नो “पकेट क्षेत्र वा भोट ब्याँङक” का रुपमा मात्र उपयोग गरेको देखिन्छ । 
उक्त वडा वर्तमानमा रहेको भौगोलिक वनावट भन्दा ठूलो रहेको बुझिन्छ । विगतमा समेत ठूलो गाविस तर साधन श्रोतको अभावका कारण यस गाविसले विकास निर्माणका हकमा धेरै उपलब्धि हाँसिल गर्न सकेको देखिदैन । विकास निर्माणका पूर्वाधारहरुको अभावमा जनस्तर, चेतनाकोस्तर, शिक्षा, स्वास्थ्य सबै विषयहरु प्रभावित हुने गर्दछन । विकासको बाधकका रुपमा रहेको प्रमुख कारण भने भौगोलिक विकटतालाई नै लिईन्छ । जिल्ला सदरमुकामबाट १७ कोषको दूरीमा रहेको यस गाविसमा सरकारी सेवा प्रवाहमा पनि समस्या देखिएको देखिएको थियो । २०३७ सालको जनमत संग्रह पछिको सम्पन्न २०३८ सालको आम निर्वाचन पछि अछाम जिल्लालाई ७५ गाउँ पञ्चायतमा विभाजन गरियो ।
ऋषिदह गाविस पहिले हालको ठाँटी सहित एउटै गाविस भएता पनि २०३९ सालमा ऋषिदह गाविसबाट ठाँटी गाविस अलग्याएको देखिन्छ भने २३१२ मिटरको उचाईमा रहेका ऋषि देवता थान संगै रहेको झण्डै १५० मिटर लम्बाई दह (ताल) को ऋषिको दहलाई संगै जोडदा ऋषिदह हुदै ऋषिदहको नामको प्रभावका आधारमा यस गाविसको नाम ऋषिदह रहन गएको हो । वहुदलिय व्यवस्थाको स्थापना संगै पञ्चायती व्यवस्थाको अन्त्य भए पछि  ऋषिदहगाउँ विकास समितिमा परिणत गरियो । 
पञ्चायत तथा पुर्वावस्थामा यस गाविस राजनीति थिचोमिचोबाट उम्किन खोज्नु स्वभाविक थियो । यस गाविस २०४६ को जनआन्दोलन पश्चात्त दमन, थिचोमिचो, निरंकुशता, तथा खोले टाकुरे सामन्तहरुको पञ्जाबाट मुक्त भएपछि  विगतको राजनीतिक अवस्थाको समिक्षा गर्दै अघि बढेको देखिन्छ । जहाँ उत्पिडन हुन्छ भन्ने त्यहाँ क्रान्तिको थालनी हुन्छ भने झै यस गाविसमा पूर्व पञ्चहरुलाई परास्त गर्दै परिवर्तको पक्षमा जनताहरुको बहुमत अभिमत प्रकट भयो । जनताले आफैले चुनेर ऋषिदह गाविसमा २०४९ मा हर्चदे धामी २०५४ मा कर्ण धामी नेकपा (एमाले) बाट विजयी गराए आफ्नो प्रतिनिधिका रुपमा । 
यस वडा हाल मेल्लेख गाउँपालिका वार्ड नं. १ मा अवस्थित छ । मिति २०७४ अषाढ १४ गते सम्पन्न (झण्डै १५ बर्ष पछि सम्पन्न) स्थानीय तह निर्वाचनमा यस वडाबाट नेपाली कांग्रेसका तुले धामी एक सदस्य सहित तत्कालिन नेकपा माओवादी (केन्द्र) संगको चुनावी समिकरणमा विजयी भएका छन् अन्य तीन सदस्य तत्कालिन नेकपा माओवादी (केन्द्र) तथा हाल नेपाल कम्युनिष्ट पार्टीका सदस्य समेत निर्वाचित भएका छन्।
२०७४ मंशिर मा सम्पन्न संघीय तथा प्रादेशिक निर्वाचनमा क्रमशः भीम रावल केन्द्रिय संसद सदस्य र झपट बोहरा प्रदेश संसद तथा अर्थमन्त्रिको जिम्मेवारी प्राप्त गर्नुमा यहाँका जनताको अतूलनीय योगदान रहेको छ ।
अझै २०६२÷०६३ को जनआन्दोलन पश्चात्त यहाँ जनताको राजनीतिक चेतनाकोस्तर थप माथि उठेको छ । यहाँ नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा माओवादी (केन्द्र) क्रमश सक्रिय देखिन्छन तथापी नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र वीच भने हाल (२०७५ जेष्ठ ३ गते) पार्टी समेत एकिकरण भई सकेकोछ । त्यो हिसाबले हाल वार्डमा नेपाल कम्युनिष्ट पार्टी पहिलो राजनीतिक शक्तिका रुपमा स्थापित देखिन्छ । जिल्ला तहमा भने प्रायः पार्टीले प्रतिनिधित्व गर्ने नेतृत्वको विकास गर्न सकिरहेको देखिदैन ।
गणतन्त्र, धर्म निरिपेक्षता र संघीय शासन प्रणालिको विशेषता सहित नेपालको संविधान २०७२  जारी भए पश्चात्त  यस गाविसलाई (मिति २०७३÷११÷२२ गते को मन्त्रि परिषद् निर्णय अनुसार) साविकका वडाहरु १, ३, ४, ८ र ९  लाई एकिकृत गरी वार्ड नं. १ को गठन गरिएको हो । अलग गरी  ऋषि देवता ंदह (ताल) नामवाट ऋषिदहगाउँ पञ्चायत नाम राखियो ।
सामाजिक आन्दोलनमा समेत यस उक्त वडा सक्रिय रहेको देखिन्छ । चाहे खुला दिशामुक्त गाविसको सन्दर्भ होस वा पूर्ण खोपयुक्त, छाउपडि मुक्त, धुवा रहित वडाकोे घोषणा होस महिला तथा पुरुषहरुको वा युवा, विद्यार्थि, शिक्षक, कर्मचारी, सामाजिक कार्यकर्ता सबै सक्रिय सहभागिता रहने गरेको छ । सरकारी सेवा सुविधाको प्राप्तिका लागि सदरमुकामको यात्रा मेल्लेख तथा कतिपय कार्यहरु वडा कार्यलयसम्म आईपुगेको अवस छ । नुन बोकेर खानु पर्ने केही यात्राका दिनहरुको कमी आएता पनि कम्तिमा बाजुराको रिठ्ठावजार वा षोडशा जानु पर्ने बाध्यता पूर्ण रुपमा हटेको छैन । यस क्षेत्रको प्रतिनिधि तथा युवा सामाजिक कार्यकर्ताहरुको सक्रियतामा सडक यातायातका लागि राष्ट्रिय योजना आयोगले शोडषा हुदै ऋषिदह, कुस्कोट– ठाँटी हुदै ऋषिदह र स्थानीय तहबाट) पहलमा रिठ्ठा हुदै ऋषिदहका लागि विभिन्न सडकहरु प्रस्ताव गरि निर्माणाधिन अवस्थामा छन् । शोडषाबाट ऋषिदह २०७२ मै सडकले छोएतापनि सवारी साधनहरु नियमित चल्न सक्ने गरी हाल निर्माण अघि बढाइएकोछ । 
वडाको प्राय क्षेत्रमा मोवाईल मोवाईल नेटवर्कले काम गरिरहेको छ तापनि आफ्नौ गाविसमा भने टावरको निर्माण हुन सकेको छैन, प्रयास जारी छ । स्वास्थ्य सेवा मातृ तथा बाल मृत्युदर क मगर्ने सरकारी योजना अनुसार उप–स्वास्थ्य चौकी तथा द्यष्चतज ष्ल ऋभलतभच को स्थापना गरी सेवा प्रवाह भईरहेको छ । हाईस्कूलसम्मको शिक्षा स्थानीय चण्डिका माविबाट प्राप्त भईरहेको छ भने १२ कक्षासम्मको लागि आवश्यक पहल भईरहेको छ । हाल भने थप शिक्षा प्राप्त गर्न छिमेकी जिल्ला बाजुरा, छिमेकी वडा ठाँटी, शोडषा वा श्रोत केन्द्र मेल्लेख जानु पर्ने बाध्यता विद्यमान छ ।
२ भौगोलिक स्वरुप तथा भू– उपयोग 
भू– वनावट ९न्भयनचबउजष्अब िक्तचगअतगचभ०स् 
यस वडा मेल्लेखबाट पूर्वमा पर्दछ । ऋषिदह वडालाई २०७३ फाल्गुण २२ गतेको मन्त्रि परिषद् निर्णयबाट अलग गरिएको हो । यहाँको सिमाना पनि त्यहि अनुरुप केहि परिवर्तन भएको छ । उक्त १ वडाको पूर्वमा वार्ड नं. २ ऋषिदह, पश्चिममा वार्ड नं. वार्ड नं. ३ ठाँटी, उत्तरमा बाजुरा र दक्षिण वार्ड नं. ६ शोडषादेवी पर्दछ । यस वडाको वडा कार्यालय रहेको स्थान समुन्द्री सतहदेखि १७०२ मिटरको उचाईमा रहेको छ । यहाँको अक्षांस २९ण्१६ु५४.१ुु उत्तरी अक्षाँस देखि देशान्तर ८१ण्२१ु४०.१ू रहेको छ  भने क्षेत्रफल १५.२३ वर्ग किलोमिटर रहेको छ । 
यहाँको केहि स्थानहरु

समुन्द्रि सतहदेखी बढदै गएको उचाईसंगै हावापानी समेत प्रभावित हुने हुदा  आधारमा यस वडामा हिउँदमा हिउ पर्दछ भने ऋषिदह वडामा पर्ने घना र प्रयाप्त जङ्गलका कारण वर्षा याममा पानी प्रयाप्त मात्रामा पर्दछ । घना जङ्खलकै कारण पानीको श्रोत प्रयाप्त छ । जसबाट कासागाड लघुजल विद्युत योजना ९२ किलोवाट (हाल १ र २ को संयुक्त) र सोही वडाको माँझगाँउस्थित भू–गोलमा छिमेकी जिल्ला बाजुराको छतारा वडाले ४५ किलोवाट क्षमताका लघुजलविद्युत उत्पादन गरी सञ्चालनमा छन । सोही खोलाका अर्को विद्युत ३ नं. वडाको लागि ४५ किलोवाट उत्पादन गरी सञ्चालनमा छन् भने केही हात्तेकागज तथा प्रसोधन सम्बन्धि उत्पादन उद्योग पनि सञ्चालनमा छन् । वडाको तल्लो उचाईँमा करिब समथल भू– भाग तथा उचाईको वृद्धिसंगै माथिल्ला भागहरु केही भिरालोपनको वृद्धि हुदै माथि उठेको छ । यस क्षत्रकै महत्वपूर्ण धार्मिकस्थल ऋषिदह (२३१० मिटर) यसै वडामा पर्दछ भने उक्त देवताकोस्थाल धार्मिक तथा पर्यटकीय महत्वको छ । यसर्थमा उक्त वडा मध्ये पहाडी तथा उत्तरी  भिरालो लेक क्षेत्र क्षेत्र १२००– ३१०० पर्दछ । 
भू– उपयोग ९ीबलम ग्कभ० कूल क्षेक्रफलको (५१,७४,२५५पुरानो मध्ये हाल कायम हुने अवस्थामा रहेकोे) वर्ग मिटर क्षेत्रफल रहेको जमिन खेतीका लागि योग्य मानिन्छ । खेती योग्य जमिनको क्षेत्र प्रयाप्त भएतापनि उत्तरी मोहडाको जग्गा भएको हुदा खेतीपाती मात्रामा भने फल्दैन । उत्तरतिर चिसो बढी हुने भएको हुदा आलु, जौ, गहु भने फल्छ । वडाको तल्लो कासागाड खोलाको छेउछाउमा धान पनि फल्ने गर्दछ तर सोही वडाको धामीगाँउ,  दक्षिणि भागमा फर्केको र वडाका अन्य भागको भन्दा न्यानो तथा बालिनालि राम्रै फल्छ तापनि त्यहाँका जनताको अधिकांस जमिन उत्तरी भेगको वडाको भागमा पर्ने भएको हुदा आफ्नो बारिको उत्पादनले खान पुग्नेको संख्या भने कमै देखिन्छ । उपलब्ध माटोको प्रकार बाहेक उचाईको वृद्धिसंगै तापक्रममा पनि विविधता हुने गर्दछ हावापानीमा परिवर्तन देखिन्छ जस्को प्रत्येक्ष प्रभाव उत्पादनमा पर्दछ । यस वडामा न्यानो समशितोष्ण हावापानी (१२००– ३३०० मिटरसम्म) पाईन्छ । उक्त वडा आलु÷ घिउ, मह आदिको उत्दानका लागि जिल्लामै प्रख्यात मानिन्छ ।
वार्ड नं.१ को  अन्तर सम्बन्ध ९क्ष्लतभच च्भबितष्यल०स् मेल्लखे गाउँपालिकाका शोडषादेवी, ठाँटी, बाजुराको छतारा, रामारोशन गाउँपालिकाको भाटाकाटिया, सुतारको विचमा यस वडा ऋषिदह रहेको छ छिमेकी वडा तथा गाउँपालिकाका वडाहरु अन्तरसम्बन्धित, पारस्परिक सहयोगी, साझा वन, समान संस्कृति भएका अन्तरसम्बन्धित वडाहरु हुन । 

Population: 
2478
Ward Contact Number: 
9749043272