FAQs Complain Problems

वडा नं. ५

वार्ड नं. ५, विन्धेवासिनी
ऐतिहाँसिक पृष्ठभूमी ९ज्ष्कतयचष्अब िद्यबअपनचयगलम०स्  ऐतिहाँसिक दृष्टिकोणले विन्धेवासिनी वडाको आफ्नै खालको विशेषता रहेको छ । यो वडा जिल्लाको सदरमुकाम मंगलसेनवाट ९ कोष टाढा उत्तरमा अवस्थित छ । यो गाविस नेपालको एकिकरण अघि शाहवंशीय शासकहरु मध्येका बिम्कोटे राजाको शासन व्यवस्था भित्र रहेको थियो तथा विम्कोटको केही अंश पनि यसै गाविसमा पर्दछ । राणा कालमा सम्पन्न जनगणना १९६८ साल पश्चात अछाम जिल्लालाई विभिन्न दराहरुमा विभाजन गर्ने क्रममा हालको षोडशा, ठाँटी, कुस्कोट, बिन्धेवासिनी, हात्तीकोट, नन्देगडा र नवाठाना क्षेत्रलाई पन्ध्रबिस दरामा विभाजन गरीएको थियो भने मेल्लेखलाई  १५÷२० को केन्द्र भागमा राखेको देखिन्छ । दैनिक प्रशासनिक कामहरु नभएता पनि कुरा गर्ने, भेटघाट गर्ने थलोको रुपमा विकास हुदै केन्द्र भागमा रहेको हुदा पछि ईलाका सदरमुकामका रुपमा विकास गरिएको मानिन्छ । 
पञ्चायतको कालको राजनीतिक परिवेशमा तत्कालिन विम्कोटे राजाहरुको क्रिडास्थल र समग्र जिल्लाको हिसावले पिछडीएको तत्कालिन १५– २० क्षेत्र अझै विन्धेवासिनी भनेपछि विम्कोटे राजाको ठाँउ, जनता सोझा, ठाँउ विकट भन्ने अर्थबाट बुझ्ने गरिन्थ्यो तथा स्वयं विम्कोटको केही अंश  यसै गाविसमा पर्ने हुदा यहाँ जनाता माथि हुने शोषण अन्य गाविसको तुलनामा अत्याधिक मानिन्थ्यो ।  
विगतमा विन्धेवासिनी गाविस वर्तमानमा रहेको भौगोलिक वनावट भन्दा ठूलो (हालको शोडषा सहित) रहेको बुझिन्छ । ठूलो गाविस तर साधन श्रोतको अभावका कारण यस गाविसले विकास निर्माणको हकमा धेरै उपलब्धि हाँसिल गर्न सकेको देखिदैन । विकास निर्माणका पूर्वाधारहरुको अभावमा जनस्तर, चेतनाकोस्तर, शिक्षा, स्वास्थ्य सबै विषयहरु प्रभावित भएको पाईन्छ । विकासको बाधकका रुपमा रहेको प्रमुख कारण भने तत्कालिन राज्य सत्ता अझै सामन्तवाद र भुरे टाकुरेराजाहरु नै  भएको देखिन्छ । आफू अनुकूल उपयोग गर्ने तथा सत्तामा स्वार्थशिद्ध भएपछि जनताबाट टाढा रहन खोज्ने प्रवृत्ति भने नौलो होईन । जिल्ला सदरमुकामबाट ९ कोषको दूरीमा रहेको यस गाविसमा सरकारी सेवा प्रवाहमा भने समस्या समस्या देखिएको छ । 
सोझासाझा जनता जसलाई अनुकूलतामा उपयोग गर्न सकिने राजनीतिक विश्लेषणका आधारमा त्यस ठाँउको मूल्याड्ढन गरिने चलन लामो समयसम्म कायम रहेको थियो । यस गाविसका जनतालाई राजनीतिक मितेरी लगाई आफु अनूकुल वनाई प्रभावमा राखि राख्न विकास भन्दा पनि टाउकेहरुसंगको मिलोमतोलाई बढि महत्व दिईन्थ्यो । २०३७ सालको जनमत संग्रह पछिको सम्पन्न २०३८ सालको आम निर्वाचन पछि अछाम जिल्लालाई ७५ गाउँ पञ्चायतमा विभाजन गरियो । सरकारी नीति अनुसार विन्धेवासिनी गाउँ पञ्चायतबाट २०३९ सालमा शोडषादेखी गाउँ पञ्चायतलाई अलग गरियो । अलग भएको विन्धेवासिनीको नाम हालको वडा नं. ६ अर्थात विगतको शोडषा गाविसको वडा नं. १ बाहुनिगाँउ माथि अग्लो डाँडामा रहेको विल्थम वा विन्द्रावासिनी तत्कालिन अवस्थामा सबैको साझा भएको हुदा विल्थमको नामबाट विन्धेवासिनी गाउँ पञ्चायतको वर्तमान नामाकारण भएको हो । यसको केन्द्र अशुंग्रालाई मान्ने गरी २०३९साल ताका त्यहाँ पञ्चायती घर निर्माणाधिन अवस्थामा रहेको सायद अबशेष अहिले पनि देख्न पाईन्छ । 
२०४६ को जनआन्दोलन पश्चात्त दमन, थिचोमिचो, निरंकुशता, तथा खोले टाकुरे सामन्तहरुको पञ्जाबाट मुक्त भएपछि  विगतको राजनीतिक अवस्थाको समिक्षा गर्दै अघि बढेको देखिन्छ । विम्कोटे राजा स्वयं यहि गाविसको भएको हुदा विन्धेवासिनी गाविस प्रजातन्त्रको स्थापना पछिसम्म पनि सामन्तवादबाट मुक्ति पाउन सकिरहेको अवस्था देखिएन । यहाँ सम्पन्न हुने चुनावहरु विम्कोटेको प्रभावमा हुने हुदा जनता गोप्य मतदानमा समेत प्रभावित हुनु परिस्थिति अनुसार नै मान्नु पर्दछ । तर पनि २०४९ र २०५४ मा सम्पन्न स्थानीय निकाय निर्वाचनमा यस गाविबाट एमालेका क्रमश भीमबहादुर खडका र गोरखबहादुर खडका गाविसको अध्यक्ष पदमा निर्वाचित भए भने सोही गाविसका मोती सिंह अधिकारी राप्रपाबाट ईलाका नं. ४ को ईलाका सदस्यमा निर्वाचित २०५४ मा । अतः उक्त गाविस एकपछि अर्को गर्दै परिवर्तनको पक्षमा उभिएको छ । गाविसका केही वडाहरु परिवर्तनको पक्षमा उभिएको देखियो भने बाँकी वडाहरु यथास्थिति÷सामन्ती प्रभाव परेको पाईन्छ । २०६२÷०६३ को परिवर्तन पछि भने उक्त गाविसबाट समेत सामन्तवादको उन्मुलन भएको देखिन्छ । 
अझै २०६२÷०६३ को जनआन्दोलन पछि जनतामा राजनीतिक चेतनाकोस्तर माथि उठेको छ । गाविसमा नेकपा (एमाले), नेपाली कांग्रेस, एनेकपा माओवादी र नेकपा माओवादी क्रमश सक्रिय देखिन्छन तापनि केहि पार्टीहरुले अझै पनि जिल्लास्तरमा प्रतिनिधित्व गर्ने नेतृत्वको विकास गर्न सकिरहेको देखिदैन । 
यस वडा हाल मेल्लेख गाउँपालिका वार्ड नं. ५ मा अवस्थित छ । मिति २०७४ अषाढ १४ गते सम्पन्न (झण्डै १५ बर्ष पछि सम्पन्न) स्थानीय तह निर्वाचनमा यस वडाबाट नेपाली कांग्रेसका सदस्य राम बहादुर बोहरा अन्य चार सदस्य सहित निर्वाचित भएका थिए । नेपालको धार्मीक स्थल बडिमालिका मन्दिरको दर्शन गर्न जादाँ बाटोमा यस वडाका निर्वाचित वडा अध्यक्ष राम बहादुर बोहराको निधन भयो ।  तत्पश्चात्त यस वडाको कार्यबाहक अध्यक्षको जिम्मावारी (सोही पार्टीबाट निर्वाचित  वडा सदस्य) रेवन्त बहादुर अधिकारीले सञ्चालन गर्दै आएका थिए । २०७६ मंशिर १४ गते सम्पन्न उप–, निर्वाचनमा भने पुनः उक्त वडा नेकपा वार्ड नं. ५ का अध्यक्ष समेत रहेका रमेश बहादुर खड्का फराकिलो मतले वडा अध्यक्ष पदमा निर्वाचित भए । 
यस वडा राजनीतिक संगै सामाजिक आन्दोलनमा समेत उक्त वडा सक्रिय रहेको देखिन्छ । चाहे खुला दिशामुक्त वडाको सन्दर्भ होस वा पूर्ण खोपयुक्त, छाउपडि मुक्त, धुवा रहित वडाको घोषणा होस महिला तथा पुरुषहरुको वा युवा, विद्यार्थि, शिक्षक, कर्मचारी, सामाजिक कार्यकर्ता सबै सक्रिय सहभागिता रहने गरेको छ । सरकारी सेवा सुविधाको प्राप्तिका लागि सदरमुकाम मंगलसेन जानुपर्ने बाध्यता विद्यमान छ । नुन बोकेर खानु पर्ने यात्राका दिनहरुको समाप्ति भएको छैन तापनि दिनहरुको समय र यात्रा मात्र छोटिएको छ । यस क्षेत्रको प्रतिनिधि तथा ईलाका नं. ४ का राजनीतिक कार्यकर्ताको सक्रियतामा उक्त सडक यातायातका लागि तत्कालिन सरकारले २०६६ देखि नियमित कार्यक्रममा समावेश गरी मष्टामाण्डौं–शोडषा– ऋषिदहसम्मको पर्यटकीय सडकको निर्माण भईरहेको छ । यसै क्षेत्रको एमाले नेता कृष्णप्रसाद जैशी जिविसको सभापति हुदा निर्माण गरिएको २० वर्षे जिल्ला सडक गुरु योजना ९म्त्ःए० को मापदण्डमा दिगोपनाका लागि उक्त सडकलाई पनि समावेश गरी पर्यटकीय महत्वको वनाउने उद्देश्यले काम थालिएको छ । यस सडकले उक्त गाविसलाई दुपाल्तबाट मेल्लेखसम्मको छोटो सडक निर्माण गर्न सहयोगी भूमिका खेलेको छ । 
संचारका लागि वडाको हरेक क्षेत्रमा मोवाईल नेटवर्कले काम गरिरहेको छ । यस क्षेत्रका केही सामाजिक कार्यकर्ता तथा युवाको नेतृत्व र सक्रियतामा संचारका केही कम्पनिका टावरहरुको निर्माण भई सेवा प्रवाह भईरहेकोे छ ।। भने स्वास्थ्य सेवा मातृ तथा बाल मृत्युदरमा कमी ल्याउन सरकारी योजना अनुसार प्राथमिक स्वास्थ्य केन्द्र (ईलाकास्तर) र वडाले आफ्नो पहलमा द्यष्चतज ष्ल ऋभलतभच को स्थापना गरी सेवा प्रवाह भईरहेको छ । 
शिक्षा क्षेत्रमा भने यस वडाले फड्को मारेको देखिन्छ । ईलाका नं. ४ सबै गाविसहरु, तत्कालिन, पूर्व, निवर्तमान र वर्तमान जनप्रतिििनधि, सामाजिक कार्यकर्ता, शिक्षक, बुद्धिजिवि, युवा र विद्यार्थी यस क्षेत्रका सबै अगुवाहरुको सहयोग र सक्रियतामा ईलाका नं. ४ को पहिलो १२ कक्षासम्मको शिक्षण संस्था वि.व्य.स. अध्यक्ष हेमराज भट्टराईको नेतृत्वमा स्थापित भयो र पछि त्यसैलाई संस्थागत गर्ने क्रममा एसएलसि बोर्ड र प्राध्यापक भीमबहादुर बुढाको सक्रियता र सबैको सहयोगमा जनशिखा क्याम्पसको स्थापित भएको छ । कक्षा १ देखि स्नातकसम्मको शिक्षा प्रदान गर्न अहिले स्थानीय श्री जनता माविको जगमा स्थापित जनता उमावि र जनशिखा क्याम्पस लगायत शैक्षिक संस्थाहरु लागि परेका छन् । ईलाकास्तरमा हुने सरकारी कार्यालयको उपश्थिति भने पातलो देखिन्छ र वित्तिय कारोवारका लागि साँफे, वयालपाटा र मंगलसेन धाउनु पर्ने विगतको वाध्यता परम्पराको रुपमा स्थापित हुने पुगेको छ ।
२ भौगोलिक स्वरुप तथा भू– उपयोग
भू– वनावट ९न्भयनचबउजष्अब िक्तचगअतगचभ०स् यस वडा नं. ५ जिल्लाको सदरमुकाम मंगलसेन देखि उत्तरमा पर्दछ । विन्धेवासिनी वडाको पूर्वमा वार्ड नं. ६ शोडषादेवी, पश्चिममा वार्ड नं. ८ हात्तिकोट र कुस्कोटको केहि भाग,  उत्तरमा वार्ड नं. ४ कुस्कोट र दक्षिणमा वार्ड नं. ७ नन्देगडा यसका सिमानाहरु हुन । यस वडा समुन्द्रि सतह देखी जम्मा १६९२ मिटर उचाईमा अवस्थित भएको हुदा यस ईलाका नं. ४ का हात्तिकोट बाहेक अन्य वडाहरुको तुलनामा यस वडाको हावापानीमा तिब्र फरक भेटिदैन । वडा भवन रहेको उचाई १६९८ मिटर (समुन्द्रि सतहदेखी) मा अवस्थित छ । गाविसको अक्षांस २९ण्१५ु१९.५ुु उत्तरी अक्षाँस देखि पूर्वी देशान्तर ८१ण्१७ु११.११ू रहेको छ । भने गाविसको क्षेत्रफल १४.२५ वर्ग किलोमिटर रहेको छ ।  भने गाविसको क्षेत्रफल १९.१२ वर्ग किलोमिटर रहेको छ । वडाको भू– गोल अधिकतम शोडषा नन्देगडाको सिमाना नजिकका केहि भागहरुको उचाई १९८० मिटर छ भने न्यूनतम विन्धेवासिनी वडाको साविक वडा नं. ९ स्थित हात्तिकोट नजिक ९२० मिटर उचाईमा रहेको हुदा यस वडामा मिश्रित खालको हावापानी पाईन्छ । वडाको पश्चिममा अर्थात नन्देगडाको वडाको सिमाना जोडिएको विम्कोटी गाड र शोडषा मुहान भई यसै वडाको वडा नं. १ बाट वग्ने सरानी गाड यहाँको पानीको मुख्य श्रोतहरु हुन । वडाको पूर्व– उत्तरबाट वग्ने सरानीगाडबाट विन्धेवासिनीलाई अध्यारोबाट उज्यालो वनाउन सहयोगी वनेका छन् । वडामा सरानी गाड पहिलो– ३२ किलोवाट क्षेमताको २०६४ मा र दोश्रो– २०७० मा सम्पन्न भई ३३ किलोवाट दैनिक विद्युत उत्पादन भईरहेको छ । वडाको केहि वस्तिहरु छुटेतापनि प्राय सबै वडास्तरमा विजुलिवत्तिको उपभोग भईरहेको छ । वनजंगलको उपलब्धता पनि प्रयाप्त नै मान्नु पर्दछ । वडाको छाप्रे, असुंग्रा क्षेत्र प्रयाप्त जंगलको क्षेत्र हो जहाँबा घाँस दाउरा, स्याउला, सोतर तथा घर वनाउन प्रयोग गरिने काठ (कुकाठ) उपलब्ध हुन्छ भने वडाको नन्देगडा– मष्टामाण्डौं वडासंग सिमाना जोडिएका वडाको भु– भाग तथा होचो भागमा साल लगायतका महत्वपूर्ण काठहरु उपलब्ध छन् । 
समुन्द्रि सतहको उचाईको बढ्दो क्रमले मानवीय सभ्यतामा समेत फरक पार्ने गर्दछ । हावापानी, संस्कृति, पराम्परा, रहन सहन, लवाई खवाई तथा दैनिक क्रियाकलापहरु । ईलाका नं. ४ का हात्तिकोट बाहेक सबै वडाहरुको हावापानीमा एकरुपता प्रायः छ । अन्य ५ वडाहरुमा पाईने प्राय वनजंगल÷पैदावर यहाँ पाईन्छन । पश्चिम– उत्तरमा यस वडाको मोहडा रहेको छ । यसर्थ उक्त वडामा मिश्रित खालको हावापानी पाईन्छ । वडाको भू– गोल भिरालोपानमा आधारित छ । वडाका अन्य वडामा झैं ९ र ७ मा पानीको अभावका कारण सिंचाईको सुविधा प्रयाप्त सुविधा छैन । काम गरे अनुसार वा श्रममा आधारित प्रतिफल पाईन्छ यस वडाको कृषि उत्पादनबाट । खेतहरुको संख्या न्यून भएतापनि पाखोब्वारीमा समेत धान राम्रै फल्दछ । धान, गहँु, कोदो, मकै, आलु, यस वडाका मुख्य वालि हुन । भौगोलिक सूचना प्रणाली ९न्क्ष्क्० का आधारमा विन्धेवासिनी वडा को भू–उपयोग जम्मा ६ खालको जमिन तथा जंगलको मापदण्ड (श्रोत नक्शा देखाईए बमोजिम) भित्र पर्दछ । 
वडामा भट्टराई, खड्का, अधिकारी, रोकाया, शाह, साँउद, बोहोरा, दमाई, सार्की मुख्य जाती भएता पनि सबैको परम्परा र संस्कृतिमा सामान्य मात्र विविधता छ । तर चाँड पर्वहरु भने अधिकतम साझा प्रकारका छन् । मेल्लेखको रोटे, जाव्लाको पञ्चमी, काटेगाँउ र खिमाडा, सरानीको दशै तथा माघे संक्रान्ति, विष्शु, चैतला, होली (होरी) न्याउले खेल, भारी खेल आदि मुख्या चाँडपर्वहरु भित्र पर्दछन । वडामा पर्ने चाँड पर्वहरुमा सवै एकजुट भई समान दायित्वकासाथ वडाका दाजुभाईहरुले मिलेर मनाउने गर्दछन् । चौखुट्टे, डाँडाको खापर, भण्डारकोटी माई मुख्य देवी तथा देउता भित्र पर्दछन् । 
वडाको उचाईका कारण यस वडामा दुई खाले हावापानीको उपलब्धता देखिन्छ । 
१.    बेंसी क्षेत्रः अछाम जिल्लाका प्रमुख नदि र किनारमा पर्ने भू–गोल यस क्षेत्रमा समेटिएको हुन्छ । अछाम जिल्लाको परिबेशमा कर्णाली, बुढीगंगाका किनारको सबै क्षेत्र यस भित्र पर्दछ भने कैलाश खोलाको केहि भागहरु तथा जिल्लाका अन्य होचो भागहरु पनि यसमा समावेश गरिएका छन् । यसको अकितम उचाई १२०० मिटर भन्दा कम हुन्छ । उचाई कम भएको हुदा यहाँ तापक्रममा पनि अन्य स्थानहरुमा भन्दा गर्मी हुन्छ । ३०० सेण्टिग्रेड बढ्ने गरी गर्मी हुन्छ भने हिउदमा २०० सम्म तापक्रम रहने गर्दछ भने यस उचाईको अधिकतम क्षेत्रमा २००० मिलिमिटरसम्म पानि पर्दछ ।  
२.    न्यानो समशितोष्ण हावापानीः समुन्द्री सतहदेखी १२०० देखि २१०० मिटरसम्मको उचाईमा उपलब्ध हुने हावापानी यस वडामा उपलब्ध छ । उचाईको वृद्धिका कारण वर्षायाममा २००० मिलिमिटरसम्म पानी पर्ने तथा अधिकतम तापक्रम १५०– २५० सेण्टिग्रेडसम्म यहाँको तापक्रम हुने गर्दछ भने हिउमा ५०–१०० सेण्टिग्रेडसम्म तापक्रम रहने गर्दछ । यस प्रकारका हावापानीलाई उपयुक्त हावापानी मान्ने गरिन्छ । 
३.    ठण्डा शितोष्ण हावापानीः यस खालको  हावापानी २१००– ३३०० मिटरसम्मको उचाई उपलब्ध हुने गर्दछ । यस उचाईको क्षेत्रमा गर्मीयाममा अधितम १५० सेण्टिग्रेडसम्म तापक्रम तथा हिउदमा ५० भन्दा कम तापक्रम उपलब्ध हुने गर्दछ भने पानी १५०० मिलिमिटरसम्म रहने गर्दछ । 
भू– उपयोग ९ीबलम ग्कभ०स् विन्धेवासिनी वडामा कूल क्षेक्रफलको ६५५५.९५ वर्ग मिटर क्षेत्रफल जमिन खेतीका लागि योग्य मानिन्छ । यस वडामा बलौटे माटोको बाहुल्यता छ । खेती योग्य जमिनको क्षेत्र प्रयाप्त छ तर अप्रयाप्त सिंचाईको सुविधा कृषि उत्पादनको बाधक वनेको छ ।
वडा नं ५ को अन्तरसम्बन्ध ९क्ष्लतभच च्भबितष्यल०स् यस वडाको अन्तरसम्बन्ध निकटका वडाहरु जस्तै, मष्टामाण्डौं, नन्देगडा, कुस्कोट, शोडषा, हात्तिकोट वडाहरु हुन । उक्त वडाहरु अन्तरसम्बन्धित, पारस्परिक सहयोगी, साझा वन, समान संस्कृति भएका गाविससंगै यस गाविसको अस्तित्व पनि स्थापित भएको छ ।

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
३२२२
Ward Contact Number: 
9848358077