FAQs Complain Problems

वडा नं. ८

वार्ड नं. ८, हात्तीकोट
ऐतिहाँसिक दृष्टिकोणले हत्तिकोट वडाको आफ्नै खालको विशेषता रहेको छ । यो वडा जिल्लाको सदरमुकाम मंगलसेनवाट ९ कोष टाढा उत्तरमा अवस्थित छ । यो गाविस नेपालको एकिकरण अघि शाहवंशीय शासकहरु मध्येका बिम्कोटे राजाको शासन व्यवस्था भित्र रहेको थियो तथा विम्कोट पनि यसै गाविसमा पर्दछ । राणा कालमा सम्पन्न जनगणना १९६८ साल पश्चात अछाम जिल्लालाई विभिन्न दराहरुमा विभाजन गर्ने क्रममा हालको षोडशा, ठाँटी,शोडषादेबी, कुस्कोट, बिन्धेवासिनी, हात्तीकोट, नन्देगडा र नवाठाना क्षेत्रलाई पन्ध्रबिस दरा भनिन्थ्यो । 
पञ्चायतको कालको राजनीतिक परिवेशमा तत्कालिन विम्कोटे राजाहरुको क्रिडास्थल र समग्र जिल्लाको हिसावले पिछडिएको तत्कालिन १५– २० क्षेत्र अझै हत्तिकोट भनेपछि जनता सोझा, ठाँउ विकट भन्ने अर्थबाट बुझ्ने गरिन्थ्यो र स्वयं विम्कोट यसै गाविसमा पर्ने हुदा यहाँ जनाता माथि हुने शोषण अन्य गाविसको तुलनामा अत्याधिक मानिन्छ ।  तत्कालिन प्रशासक वा नेताले उक्त ठाँउका जनताको पिरमर्का भन्दा पनि आफ्नो “पकेट क्षेत्र वा भोट ब्याँङक” का रुपमा मात्र उपयोग गरेको देखिन्छ । 
विगतमा हात्तिकोट वडा वर्तमानमा रहेको भौगोलिक वनावट भन्दा ठूलो रहेको बुझिन्छ । 
ठूलो गाविस तर साधन श्रोतको अभावका कारण यस गाविसले विकास निर्माणका हकमा धेरै उपलब्धि हाँसिल गर्न सकेको देखिदैन । विकास निर्माणका पूर्वाधारहरुको अभावमा जनस्तर, चेतनाकोस्तर, शिक्षा, स्वास्थ्य सबै विषयहरु प्रभावित हुने गर्दछन । विकासको बाधकका रुपमा रहेको प्रमुख कारण भने तत्कालिन राज्य सत्ता अझै सामन्तवाद र भुरे टाकुरेराजाहरु नै  भएको देखिन्छ । आफू अनुकूल उपयोग गर्ने तथा सत्तामा स्वार्थशिद्ध भएपछि जनतालाई चिन्न छोडनु पञ्चायती प्रवृत्ति थियो । जिल्ला सदरमुकामबाट ९ कोषको दूरीमा रहेको यस गाविसमा सरकारी सेवा प्रवाहमा भने समस्या समस्या देखिएको छ । 
सोझा साझा जनता जसलाई अनुकूलतामा उपयोग गर्न सकिने राजनीतिक विश्लेषणका आधारमा त्यस ठाँउको मूल्याड्ढन गरिने चलन लामो समयसम्म कायम रहेको थियो । यस गाविसका जनतालाई राजनीतिक मितेरी लगाई आफु अनूकुल वनाई प्रभावमा राखि राख्न विकास भन्दा पनि टाउकेहरुसंगको मिलोमतोलाई बढि महत्व दिईन्थ्यो । २०३७ सालको जनमत संग्रह पछिको सम्पन्न २०३८ सालको आम निर्वाचन पछि अछाम जिल्लालाई ७५ गाउँ पञ्चायतमा विभाजन गरियो । सरकारी नीति अनुसार कुस्कोट गाविसबाट २०३९ सालमा अलग भएको यस गाविसमा हति नाम गरेका राजा आई राज्य गरेको र पछि यसै गाविसको हतिकोट भन्ने स्थानमा वसोवास गरी बस्दै आएका हति भन्ने राजाको नामबाट यस गाविसको नाम हतिकोट तथा अप्रभंस हुदै हिजोआज हात्तिकोट भन्ने गरिन्छ ।
२०४६ को जनआन्दोलन पश्चात्त दमन, थिचोमिचो, निरंकुशता, तथा खोले टाकुरे सामन्तहरुको पञ्जाबाट मुक्त भएपछि  विगतको राजनीतिक अवस्थाको समिक्षा गर्दै अघि बढेको देखिन्छ । विम्कोटे राजा स्वयं यहि गाविसको भएको हुदा हात्तिकोट गाविस प्रजातन्त्रको स्थापना पछिसम्म पनि सामन्तवादबाट मुक्ति पाउन सकिरहेको अवस्था देखिएन । यहाँ सम्पन्न हुने चुनावहरु विम्कोटेको प्रभावमा हुने हुदा जनता गोप्य मतदानमा समेत प्रभावित हुनु परिस्थिति अनुसार नै मान्नु पर्दछ । गाविसका केही वडाहरु परिवर्तनको पक्षमा उभिएको देखियो भने बाँकी वडाहरु यथास्थिति÷सामन्ती प्रभाव परेको पाईन्छ । २०६२÷०६३ को परिवर्तन पछि भने उक्त गाविसबाट समेत सामन्तवादको उन्मुलन भएको देखिन्छ । यस गाविसबाट २०४९ र २०५४ मा राप्रपाको उम्मेदवार धनबहादुर शाह गाविसको अध्यक्षमा निर्वाचित भएका थिए जो हाल गाउँपालिकामा नेपाली कांग्रेस (तत्कालिन गठबन्धन)को तर्फबाट उपाध्यक्ष पदमा निर्वाचित भएका छन ।  
अझै २०६२÷०६३ को जनआन्दोलन पछि जनतामा राजनीतिक चेतनाकोस्तर माथि उठेको छ । गाविसमा नेकपा (एमाले), नेपाली कांग्रेस, एनेकपा माओवादी र नेकपा माओवादी क्रमश सक्रिय देखिन्छन तापनि केहि पार्टीहरुले अझै पनि जिल्लास्तरमा प्रतिनिधित्व गर्ने नेतृत्वको विकास गर्न सकिरहेको देखिदैन । 
यस वडा हाल मेल्लेख गाउँपालिका वार्ड नं. ८ मा अवस्थित छ । मिति २०७४ अषाढ १४ गते सम्पन्न (झण्डै १५ बर्ष पछि सम्पन्न) स्थानीय तह निर्वाचनमा यस वडाबाट नेपाली कांग्रेसका सदस्य खकिन्द्र बहादुर साउद अन्य चार सदस्य सहित निर्वाचित भएका थिए ।
सामाजिक आन्दोलनमा समेत यस वडा सक्रिय रहेको देखिन्छ । चाहे खुला दिशामुक्त वडाको सन्दर्भ होस वा पूर्ण खोपयुक्त, छाउपडि मुक्त, धुवा रहित गाविसको घोषणा होस महिला तथा पुरुषहरुको वा युवा, विद्यार्थि, शिक्षक, कर्मचारी, सामाजिक कार्यकर्ता सबै सक्रिय सहभागिता रहने गरेको छ । सरकारी सेवा सुविधाको प्राप्तिका लागि सदरमुकाम प्राय मंगलसेन जानुपर्ने बाध्यता विद्यमान छ । नुन बोकेर खानु पर्ने यात्राका दिनहरुको समाप्ति भएको छ । यस क्षेत्रको प्रतिनिधि तथा ईलाका नं. ४ का राजनीतिक कार्यकर्ताको सक्रियतामा सडक यातायातकालागि राष्ट्रिय योजना आयोगले मष्टामाण्डौं हुदै हत्तिकोट, कुस्कोट– ठाँटी ऋषिदह सडकको निर्माण भईरहेको छ । यसै क्षेत्रको एमाले नेता कृष्णप्रसाद जैशी जिविसको सभापति हुदा निर्माण गरिएको २० वर्षे जिल्ला सडक गुरु योजना ९म्त्ःए० को मापदण्डमा दिगोपनाका लागि उक्त सडकलाई पनि समावेश गरी पर्यटकीय महत्वको वनाउने उद्देश्यले काम थालिए छ ।
संचारका लागि वडाको हरेक क्षेत्रमा मोवाईल नेटवर्कले काम गरिरहेको छ तापनि आफ्नौ वडामा भने टावरको निर्माण हुन सकेको छैन, प्रयास जारी छ । भने स्वास्थ्य सेवा मातृ तथा बाल मृत्युदरमा कमी ल्याउन सरकारी योजना अनुसार उप–स्वास्थ्य चौकी र गाविसले आफ्नो पहलमा द्यष्चतज ष्ल ऋभलतभच को स्थापना गरी सेवा प्रवाह भईरहेको छ । हाईस्कूलसम्मको शिक्षा स्थानीय चण्डिका माविबाट प्राप्त भईरहेको छ भने थप शिक्षा प्राप्त गर्न छिमेकी वडाहरुमा जानु पर्ने बाध्यता विद्यमान छ । 
२ भौगोलिक स्वरुप तथा भू– उपयोग
भू– वनावट ९न्भयनचबउजष्अब िक्तचगअतगचभ०स् यस वार्ड नं. ८ मेल्लेखबाट पश्चिममा अवस्थित छ । यसको पूर्वमा वार्ड नं. ५ विन्धेवासिनी, पश्चिम साफेवगर नगरपालिका वार्ड नं. १०, उत्तर वार्ड नं. ४ कुस्कोट र दक्षिणमा साफेवगर नगरपालिका वार्ड नं. ४ मष्टामाण्डौं यस वडाका सिमानाहरु हुन । उक्त वडा यस गाउँपालिका मध्य सबै भन्दा होचो, उत्पादनसिल भू–गोल तथा पर्याप्त सम्भावना बोकेको क्षेत्र भित्र पर्दछ । यस वडा समुन्द्रि सतह देखी जम्मा ९४२ मिटर उचाईमा मात्र अवस्थित छ । गाविसको अक्षांस २९ण्१६ु००.१ुु उत्तरी अक्षाँस देखि पूर्वी देशान्तर ८१ण्१४ु२०.६ू रहेको छ । भने गाविसको क्षेत्रफल ८.०२ वर्ग किलोमिटर रहेको छ । मेल्लेख गाउँपालिकाका अन्य वडाहरुको तुलनामा यस वडाको हावापानीमा तिब्र फरक भेटिन्छ । वडाको अधिकतमक उचाई १५६० र न्यूनतम ६६० मिटर भएको हुदा वडामा मिश्रित खालको हावापानी पाईन्छ । उत्तरमा बग्ने बुढिगंगा अधिकतम ६८० मिटरबाट बग्ने गर्दछ भने सोही वडाको २ नं. वडाको केही भागहरु १५६० मिटर उचाईमा हुनुले हावापानीमा विविधता ल्याएको । जङ्गलको अत्याधिक भाग वडाको उत्तर र दक्षिणी क्षेत्रमा पर्दछ जस्ले पानीको अभाव सृजना गरेको देखिन्छ । खेत रोप्ने प्रयोजनमा बुढिगंगा र विम्कोटी गाड सहयोगी देखिएता पनि पिउन, करेसाबारी तथा सरसफाई प्रयोजनमा उपयोगमा ल्याउन सकिने पानीको अभाव नै देखिन्छ । साविक ३ देखी ९ वडासम्म पानिको उपलब्धता हुदा २ मा खानेपानीको धेरै नै अभाव छतापनि १ मा भने पानीको अभाव देखिदैन । उत्तरमा बग्ने बुढिगंगा नदीलाई राष्ट्रिय गौरबको योजनामा समावेश गराई कुवेत र साउदी कोषबाट निर्माण हुने गरी यस क्षेत्रको नेतृत्व, निवर्तमान सभाषद् माननीय शेरबहादुर कुँवर र पूर्व गृह मन्त्रि तथा एमाले केन्द्रिय सदस्य भीम रावलको सक्रियतामा २० मेगावाट क्षमताको विद्युत उत्पादन कार्य शुरु प्रकृयामा छ । विद्युत निर्माण पश्चात्त राजगारीको सृजना, स्थानीयस्तरमा उद्योग संचालनको सम्भावना देखिन्छ । 
समुन्द्रि सतहको उचाईको बढ्दो क्रमले मानवीय सभ्यतामा समेत फरक पार्ने गर्दछ । हावापानी, संस्कृति, पराम्परा, रहन सहन, लवाई खवाई तथा दैनिक क्रियाकलापहरु । यसस गाउँपालिकाका अन्य वडाहरुको भन्दा यहाँको हावापानीमा विविधता छ नै सोही अनुसार वन पैदावर तथा वन्यजन्तु उपलब्धतामा समेत भिन्नता छ । अन्य ७ वडामा पाईने वनजंगल यहाँ कमै भेटिएतापनि उपयोग योग्य काठहरु पर्याप्त छन । थोरै काममा धेरै उत्पादन वडाको खास विशेषता हिुन । हात्तिकोट वडा को भू–उपयोग जम्मा ीभखभ ित्भचचबअभक ष्ल ज्ष्िि क्यिउभ ऋगतिष्खबतष्यल, न्चबककबिलमक बलम क्जचगदक गरी तीन भागमा बाडिएको देखिन्छ, भौगोलिक सूचना प्रणाली ९न्क्ष्क्० का आधारमा । उक्त वडाको भू– गोल धान तथा गहुँ उत्पादनका लागि महत्वपूर्ण मानिन्छ ।  वडा तरकारी, माछा, दहि, फलफूलमा आँप, अम्बा, केरा, वयर आदीको लागि प्रख्यात मानिन्छ । 
वडामा ढुङ्गाना बाहुन, साँउद (क्षेत्री), दलित, शाह, ठकुल्ला आदी मुख्य जाती भएता पनि सबैको परम्परा र संस्कृतिमा भने सामान्य विविधता छ । तर चाँड पर्वहरु भने अधिकतम साझा प्रकारका छन् । डुंग्री १ र २ मा मनाईने दशै (चैते), थापागाँउमा मनाईने अनन्ते (हालको कालिका मावि रहेको स्थान) भारी खेल, थापागाँउको होरी, विशु, माघेसंक्रान्ति आदि यस वडाका दाजुभाईहरुले मिलेर मनाउने मुख्य चाँडपर्वहरु मानिन्छन ।  
वडाको उचाईका कारण यस वडामा दुई खाले हावापानीको उपलब्धता देखिन्छ । 
१.    उष्ण मौसमी हावापानीः समुन्द्री सतहदेखी १२०० मिटर सम्मको उचाईमा यस प्रकारको हावापानी पाईन्छ । कम उचाईका कारण ग्रिष्मऋतुमा यहाँको तापक्रम ३०० से. भन्दा बढी हुने गर्दछ भने हिउदमा २०० सेन्टिीग्रेडसम्म यस वडाको तापक्रम रहने गरेको छ । यस वडाको भू– गोलको उचाई अनुसार मनसुनि वायुको प्रभावले करिब २००० मिलिमिटरसम्म वर्षा  भएको पाईन्छ । 
२.    न्यानो समशितोष्ण हावापानीः यस खालको  हावापानी १२०० मिटर भन्दा माथिको उचईमा पाईने भएको हुदा यस वडाको वडा नं. २ को माथिल्लो भागमा यस प्रकारको हावापानी पाईन्छ । यस उचाईमा सरदर ५०– १०० सम्म तापक्रम हुने र मनसुनि वायुको प्रभावले करिब २००० मिलिमिटरसम्म वर्षा  भएको पाईन्छ । 
भू– उपयोग ९ीबलम ग्कभ० कूल क्षेक्रफलको २१,३६,२०० वर्ग मिटर क्षेत्रफल रहेको जम खेतीका लागि योग्य मानिन्छ हत्तिकोट वडाको । खेती योग्य जमिनको क्षेत्र प्रयाप्त छ । बुढीगंगाा तथा विम्कोटी गाडबाट सिंचित हुने यस वडाका अधिकांश खेतहरु समयमा नै खेती गर्न योग्य भएको हुदा मौसमी तथा वेमौसमी खेती गर्न उपलब्ध पाँगो माटोका कारण  प्रयाप्त छ र प्रतिफल समेत सोचे भन्दा कम देखिदैन ।
वडा नं ८ को अन्तरसम्बन्ध ९क्ष्लतभच च्भबितष्यल०स् यस वडाको अन्तरसम्बन्ध निकटका वडाहरु जस्तै, मष्टामाण्डौं, नन्देगडा, नवाठाँना, कुस्कोट, बाब्ला, शिद्धेश्वर, विन्ध्यवासिनी शोडषादेवीसंग रहेको छ र यि वडाहरु उक्त वडाका अन्तरसम्बन्धित, पारस्परिक सहयोगी, साझा वन, समान संस्कृति भएका गाविसहरु हुन ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
१८४७
Ward Contact Number: 
9865567447