FAQs Complain Problems

मेल्लेख गाउँपालिकाको संक्षिप्त परिचय

अक्षांस २९ण्१५ु१९.५ुु उत्तरी अक्षाँस देखि पूर्वी देशान्तर ८१ण्१७ु११.११ू रहेको छ । 
नेपालको एकिकरण अघि शाहवंशीय शासकहरु मध्येका बिम्कोटे राजाको शासन व्यवस्था भित्र रहेको थियो । विम्कोटको केही अंश पनि यसै गाविसमा पर्दछ । राणा कालमा सम्पन्न जनगणना १९६८ साल पश्चात अछाम जिल्लालाई विभिन्न दराहरुमा विभाजन गर्ने क्रममा हालको षोडशा, ठाँटी, कुस्कोट, बिन्धेवासिनी, हात्तीकोट, नन्देगडा र नवाठाना क्षेत्रलाई पन्ध्र बीस दरामा विभाजन गरीएको थियो । अछाम जिल्ला १३ वटा ईलाकाहरुमा विभाजित थियो ।  हालको मेल्लेख यि सबै गाउँपञ्चायतको मध्य भागमा रहेको छ । दैनिक प्रशासनिक कामहरु नभएता पनि कुरा गर्ने, भेटघाट गर्ने थलोको रुपमा विकास हुदै केन्द्र भागमा रहेको हुदा तत्कालिन समयमा ईलाका सदरमुकामका रुपमा विकास गरिएको मानिन्छ । 

२०४६ को जनआन्दोलन पश्चात्त सम्पन्न २०४९ को स्थानीय निर्वाचनमा यस ईलाकाबाट कांग्रेसको सहयोगमा हालको वार्ड नं. ५ निवासी मोति अधिकारी ईलाका सदस्यमा निर्वाचित भएका थिए भने २०५४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा यस ईलाकाबाट तत्कालिन नेकपा (एमाले) उम्मेदवार वार्ड नं. ३ निवासी हेमराज शाह ईलाका सदस्य तथा वार्ड नं. ६ निवासी कृष्णप्रसाद जैशी जिविसको सभापतिमा निर्वाचित भएका थिए । पुरानो राजावादी सोच, समन्तवादका विरुद्धको लडाँई ,दमन, थिचोमिचो, निरंकुशता, तथा खोले टाकुरे सामन्तहरुको पञ्जाबाट मुक्त हुदै यस ईलाकामा हालको हात्तिकोट बाहेक सबै वडाहरुमा (विगतका गाविसहरुमा) तत्कालिन एमाले उम्मेदवारहरु विजयी हुदा जनतामा निकै उत्साह छाएको थियो । यहाँको जनजिवन र विकास पनि राष्ट्रिय राजनीतिसंग सम्बन्धित भएको हुदा मुलुकको तत्कालिन परिवेशलाई समेत ध्यान दिईनु पर्दछ ।  
२०५२ साल फाल्गुण २ गतेबाट तत्कालिन माओवादीले राज्य विरुद्धको शसश्त्र संघर्ष सुरु ग¥यो । खास गरी २०५४ मा निर्वाचित स्थानीय सरकारको म्याद संविधानतः २०५९ मा समापन भएतापनि विषम राजनीतिक परिस्थितिमा चुनाव हुन नसक्ने अवस्थाको लेखाजोखा गरी राजनीतिक सहमतिका आधारमा १ वर्ष म्याद थप्ने तत्कालिन एमाले र कांग्रेसको प्रस्ताव तत्कालिन प्रधानमन्त्री देउवाद्धारा अस्विकार गरियो जसले राजनीति अवस्था थप तरल र अन्यौलता तर्फ धकेलियो । यस विच राज्य र माओवादी पक्षबाट थुप्रै जनधनको क्षेती भयो । यस ईलाका तथा हालको मेल्लेख गाउँपालिकाका वार्ड नं. ८ बाहेक सबै वडाहरुमा तत्कालिन जनयुद्धको प्रयाप्त प्रभाव रहयो । राजनीतिक हिसाबले गाउँमा कम्युनिष्ट बाहेक मान्छे भेटिदैन थे । कोहि विस्थापितका नाममा गाउँ छोड्न पुगे, कोहि केहि वा अन्य हिसाबले गाउँ छोडेको भेटिन्छ । उक्त क्रम १० वर्ष चल्यो । उक्त संघर्षको मैदानमा हतियार सहित अहिलेका गाउँपालिका अध्यक्ष लोकबहादुर बोहरा सहितका युवाहरुको सशक्त भूमिका छ । मुलुक स्थानीय सरकार विहिन भयो । विकास निर्माण र नीति निर्माण लथालिङ्ग वन्यो । जिल्ला सदरमुकाम समेत २०५८ मा ध्वस्त भयो । गाउँबाट सदरमुकाम आवत जावत दोहोरो अनुमतिमा हुन थाल्यो । यस ईलाका अप्ठेरो परिस्थतिमा जिल्ला सदरमुकाम मंगलसेनमा यहाँका जनताको सुखदुःमा आवश्यक सहयोगका लागि शेरबहादुर कुवँर (राष्ट्रिय सभा सदस्य तथा एमाले अध्यक्ष) को भूमिका ठूलो छ भने यसै गाउँपालिका वार्ड नं. ६ निवासी हिरण्ड भट्टराई (नेकपा– गापा संयोजक तथा सुपखेविस कोषाध्यक्ष) पनि यस अभियानमै सहयोगी थिए जुन यस क्षेत्रका निम्ति हुने हरेका गतिविधिमा समाबेश हुने गर्दथे । 
यो क्रम २०६२÷०६३ सम्म चल्यो । तत्कालिन राजा ज्ञानेन्द्र निरंकुशता विरुद्धको आन्दोलनमा सातवटा राजनीति दल र माओबादी वीच राजनीतिक एजेण्डामा सहमति गरि गणतन्त्र स्थापनार्थ २०६२ मंशिर ७ गते बा¥हबुंदे समझदारी बन्यो । अब राजा एका तिर भए भने राजनीतिक दल अर्को तर्फ । नेपालको राजनीतिक दुई ध्रुवमा केन्द्रित भयो । राष्ट्रिय– अन्तरराष्ट्रिय  मान्यता प्राप्त आन्दोलन (२०६२ चैत्र २२ देखि २०६३ बैशाष ११ गते) १९ दिनसम्म चलेको थियो । आन्दोलनमा २० जनाले सहादत प्राप्त गरे । त्यस आन्दोलनमा यस गाउँपालिकाबाट समेत व्यापक जनसहभागिता जुटेको थियो । सात राजनीतिक दलको मार्गचित्र बमोजिम २०५९ विघटन गरिएको संसदको पुर्नस्थापनसंगै ११ गतेको घोषणा पछि नेपालमा लोकतन्त्रको स्थापना भएको हो । 

मेल्लेख गाउँपालिका

संविधान सभा मार्फत संविधान निर्माण गर्ने दलहरुको लामो ईतिहाँस भएतापनि सबै एकजुट हुन नसक्दा सम्भव भएको थिएन । समझदारी अनुसार संविधान सभाबाट चुनिएका जनताका प्रतिािधिहरुले संविधान वनाउन २०६४मा संविधान सभाको निर्वाचन भयो । यस क्षेत्र जनताले तत्कालिन नेकपा (एमाले) सचिव शेरबहादुर कुवँर तथा २०७० नेकपा (एमाले) केन्द्रिय उपाध्यक्ष भीम रावललाई संविधान सभाको सभाषद्मा विजयी बनाउन योगदान गरे । जसको फलस्वरुप २०७२ भदौ ३० गते यो संविधान २ तिहाई (झण्डै ९० प्रतिशत बढी) मतले पारित, असोज १ गते सभाषद्द्धारा हस्ताक्षर गरी  र सभामुखद्धारा प्रमाणित र असोज ३ गते देखि लागु हुने गरी जारी गरियो । 
नेपालमा विद्यमान ७५ जिल्लालाई ७७ जिल्ला र ३९७३ (३९१५ गाविस र ५८ नगरपालिका) स्थानीय तहलाई सानो आकारमा ल्याउन सहज थिएन । पहिले मेल्लेख गाउँपालिकालाई साँफेवगर नगरपालिकामा समावेश गर्ने र अछाममा जम्मा ७ वटा मात्र स्थानीय तहहरु निर्माण गर्ने भनियो । त्यसका विरुद्ध तत्कालिन नेकपा (एमाले)ले मिति २०७३ भाद्र ०५ गते जिल्ला कमिटीको बैठक बसी अछाममा १० (७५ वटा गाविसहरुलाई भौगोलिक विकटता र जनसंख्याका आधारमा ईलाकालाई अस्थायि केन्द्र मानि ४ नगरपालिका र ६ गाउँपालिका) वटा स्थानीय तहका लागि सुझाए बमोजिम तत्कालिन जिविसले पुरानो ४ नंं ईलाका पुरै तथा ५ नं. ईलाकाबाट नन्देगडा गाविस (हालको वार्ड नं. ७) सहित जिल्लामा राजनीतिक सहमति जुटाई मन्त्रालयमा सिफारिस ग¥यो । नेपाल सरकार मन्त्रि परिषद्ले मिति २०७३ फाल्गुण २२ गते अछाममा ६ वटा गाउँपालिका र ४ वटा नगरपालिकाको निर्णय गर्दै सोहि फाल्गुण २७ गते राजपत्रमा सुचना प्रकाशन गरी यस गाउँपालिको गठन भयो । यस गाउँपालिकाको जनसंख्या यस प्रकार छः
जनसंख्या विश्लेषण:

२०६८ को राष्ट्रिय जनगणना र गाउँपालिका स्वास्थ्य शाखाबाट प्राप्त २०७६ लाई तुलनात्मक विश्लेषण गर्दा यहाँको जनसंख्या बृद्धि दर १.८८ रहेको छ । 

पूर्व अवस्थामा उक्त क्षेत्रमा अन्न वालिको उत्पादन निकै कम हुने गर्दथ्यो । यहाँको मुख्य वाली जौ, आलु, मकै, कोदो तथा धान भएतापनि खाद्यान्नको अभाव हुने क्षेत्रमा वर्तमानको मेल्लेख गाँउपालिका पनि हो । तर घना तथा बाक्लो जंगलको यस क्षेत्रको विशेषता हो । बाक्लो जंगल भएतापनि बाक्लो कुकाठको बाहुल्यता अहिले पनि विद्यमान छ । खासगरी १२०० मिटर भन्दा माथिल्लो भागमा हावापानी (न्यानो समशितोष्ण हावापानी (१२००– ३३०० मिटरसम्म) मा पनि विविधता हुने गर्दछ । यो हावापानी खासगरी कुकाठको लागि योग्य हुन्छ र यस प्रकारको हावापानी पाईने स्थानलाई लेक भनने गरिन्छ । यस उचाईमा रहेको भूभाग खासगरी मेलको बाहुल्यता हाल पनि उपलब्ध छ । लेकालि भूभाग र मेल सहितको लेकलाई संगै जोडी मेललेक भन्न थालियो । यसरी मेललेकबाट विकास हुदै हाल मेल्लेखको नमाबाट उक्त ठाउँ परिचित छ । 
संविधान कार्यान्वयन स्वरुप स्थानीय तहको निर्वाचन नेपालको राजनीतिक पार्टीहरुको पहिलो अनिवार्यता थियो । स्थानीय सरकार निर्माणका लागि २०७४ मा स्थानीय तह निर्वाचन सम्पन्न भयो । यस गाउँपालिकामा तत्कालिन माओवादी र कांग्रेसको गठबन्धन कायम गरियो । लोकबहादुर बोहरा अध्यक्ष (तत्कालिन माओवादी उम्मेदवार) र धनबहादुर शाही (कांग्रसेबाट) उपाध्यक्षमा विजयी प्राप्त गरे भने बहुमत वडाहरु तत्कालिन नेकपा (एमाले) विजयी हासिल ग¥यो । जसको फलस्वरुप स्थानीय सरकार निर्माण भई हाल क्रियासिल छ । हाल लोकबहादुर बोहरा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश कमिटी सदस्य तथा उक्त पार्टीको निर्वाचित मोर्चा प्रमुख हुन । 
 

यस गाँउपालिकाको समग्र राजनीति शक्ति सन्तुलनको परिवेश हेर्ने हो भने यहाँ जम्मा २ टा पार्टीहरु मात्र छन् । एउटा नेपाल कम्युनिष्ट पार्टी र अर्को नेपाली कांग्रेस । तत्कालिन राजनीतिक परिवेशमा प्रभावबाट मुलुक नै अघि बढिसकेको छ । एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी रसंगठन विभाग प्रमुख जिवराज आश्रितको २५औं स्मृति दिवसमा २०७५ जेष्ठ ३ गते पार्टी एकताको ऐतिहासिक घोषणा गरी तत्कालिन नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र) वीच एकिकरण भएको छ । तत्कालिन २ पार्टी (नेकपा माओवादी केन्द्र र एमाले) एकिकरणको सन्र्दभमा जिल्लाका सबै कमिटीहरु विघटन हुदा जिल्लामा गठन गरएको ५ सदस्यीय जिल्ला कार्यालयमा यस गाउँपालिकाबाट हालैका ईञ्चार्ज हिरण्ड भट्टराई ५ सदस्यीय जिल्ला कार्यालय सदस्य रहेका थिए । यस गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बाहुल्यता नै छ भने नेपाली कांग्रेस दोश्रो स्थानमा रहेको छ । हाल यस गाउँपालिकामा नेकपाको तर्फबाट ३ (तीन) जना प्रदेश कमिटी सदस्य (कृष्णप्रसाद जैशी, लोकबहादुर बोहरा र ईश्वरी खड्का) १(एक) जना जिल्ला कार्यालय सदस्य (लोकबहादुर बोहरा, अबिरल) तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट गाउँपालिका ईञ्चार्ज हिरण्ड भट्टराई (पार्टी जिल्ला कमिटी सचिवालय सदस्य तथा प्रचार प्रसार विभाग प्रमुख) सहित अन्य १४  जना जिल्ला सचिवालय र सदस्यहरु छन् भने नेपाली कांग्रेसको तर्फबाट झंकर साउँद जिल्ला कार्य समिति कोषाध्यक्ष सहित अन्य ३ (तीन) जना जिल्ला कमिटीमा रहेका छन् भने पदम खडका पार्टीको गाउँपालिका ईञ्चार्ज रहेको छन् । 
यस गाउँपालिका राजनीतिक संगै सामाजिक आन्दोलनमा समेत सक्रिय रहेको देखिन्छ । चाहे खुला दिशामुक्त सन्दर्भ होस वा पूर्ण खोपयुक्त, छाउपडि मुक्त, धुवा रहित वडा, जातीय विभेद, लैंगिक विभेद, घरेलु हिंसा विरुद्धको आन्दोलन, वडाहरु पुर्ण साक्षर (घोषणा होस महिला तथा पुरुषहरुको वा युवा, विद्यार्थि, शिक्षक, कर्मचारी, सामाजिक कार्यकर्ता सबैको सक्रिय सहभागिता रहने गरेको छ । केहि सरकारी सेवा सुविधाको प्राप्तिका लागि सदरमुकाम मंगलसेन जानुपर्ने बाध्यता विद्यमान छ । नुन बोकेर खानु पर्ने यात्राका दिनहरुको समाप्ति भएको छैन तापनि दिनहरुको समय र यात्रा मात्र छोटिएको छ । यस क्षेत्रको प्रतिनिधि तथा ईलाका नं. ४ का राजनीतिक कार्यकर्ताको सक्रियतामा सडक यातायातकालागि राष्ट्रिय योजना आयोगले मष्टामाण्डौं शोडषा– ऋषिदहसम्मको पर्यटकीय सडकको निर्माण भईरहेको छ । मष्टामाण्डौं–हात्तिकोट–कुस्कोट– ठाँटी– ऋषिदह सडक (दर्वा–गोपालेगाउँ खण्ड) निर्माणाधिन अवस्थामा छ भने जयगढ– नन्देगडा सडक पनि हाल आंशिक रुपमा सञ्चालनमा आएको छ । दर्वा–गोपालेगाँउ सडक जोडिदा यस गाउँपालिका रिंगरोडको परिकल्पना करिब पुरा ह’न लागेको छ भन्न  सकिन्छ । उपर्युक्त सडकहरु निर्माणमा प्रयाप्त वजेटको व्यवस्था सहित हाल साँफे–नवाठाँना–नन्देगडा–शोडषा–ऋषिदह (लिफ्ु र डाँडासिरि), यसै गरी रिठ्ठा–ठाँटी सडक पनि निर्माणाधिन अवस्थामा छ र सडक पुल लामो भईसक्दा पनि सम्पन्न हुन सकेको छैन । बुढावगर–कुस्कोट, काटेगाँउ–बोडषा, हात्तिकोट–मेल्लेख, विम्कोट–मेल्लेख यस गाँउपालिकामा चालु अवस्थाका सडक भए पनि बेलाबेला मर्मत गरि राख्नु पर्ने सडकहरु हुन । चालु आ.ब.मा पागर–भडिगाँउ, चौखुट्टे–सालडाँडा, डाँडासिरि–सानीखेत तथा मेलचौका–राउतवाडा सडक निर्माण गर्न श्रोतको व्यवस्था गरिएको छ तत्काल शुरु गर्ने लक्ष लिएको छ । गाँउपालिकाका सबैवडाहरु विद्युत सेवा (वार्ड नं. १, २, ३, ४ र ५ मा स्थानीय खोलाबाट निर्माण गरिएका लघु–जलविद्युतहरुबाट विद्युत उत्पादन गरी वितरण गरिएको तथा वार्ड नं. ४ र ५ को केहि भागमा राष्ट्रिय प्रसारण लाई वितरण गरिएको तथा बाँकि भागमा तत्काल उक्त लाईन विस्तार गर्ने लक्ष लिएको छ भने ६, ७ र ८ मा राष्ट्रिय प्रसारण लाईनबाट सेवा प्रवाह भरहेको र वार्ड नं.६ मा विस्तार कार्य जारी रहेको छ । यस गाउँपालिकामा पूर्वाधारहरुको निर्माणमा नेकपाका नेताहरुको महत्वपूर्ण भूमिका छ । 
शिक्षा तर्फ जनशिखा क्याम्पस सञ्चालनमा छ भने यस गाउँपालिकामा ३ वटा कक्षा १२ सम्म तथा ६ वटा कक्षा १० सम्म पढाई हुने विद्यालयहरु छन् । प्राविधिक शिक्षा तर्फ नन्देश्वरी माविमा सिभिल ईञ्जिनियरिंग (३ बर्षे) र दुर्गा मावि नन्देगडाले जेटि÷ए (कृषित र्फ३ बर्षे÷ १५ महिने) को अनुमति प्राप्त गरेको छन । यस क्रममा विभिन्न विद्यालयहरुमा विद्युतीय हाजिर डिभाईसहरुहरु समेत जडान गरी सञ्चालनमा छन् । २०७६ भदौ १९ गते यस गाउँपालिको पहिलो पूर्ण साक्षर वडा घोषणा शोडषाबाट सुरु गरी भदौ २३ गते वार्ड नं. १ ऋषिदह, भदौ २४ गते वार्ड नं. २ ऋषिदह, भदौ २५ गते वार्ड नं. ३ ठाँटी, २६ गते वार्ड नं. ४ कुस्कोट, असोज ११ गते वार्ड नं. ७ नन्देगडा, असोज १३ गते वार्ड नं. ८ हात्तिकोट र २०७६ मंशिर २४ गते गाउँपालिका नै पूर्ण साक्ष्र ((१५–५९ वर्ष उमेर समूह) घोषणा गरिएको छ । 
यस क्षेत्रका केही राजनीतिक कार्यकर्ता तथा युवाको नेतृत्व र सक्रियतामा संचारका केही कम्पनिका टावरहरुको निर्माण भई सेवा प्रवाह भईरहेकोे छ । संचारका लागि वडाको हरेक क्षेत्रमा मोवाईल नेटवर्कले काम गरिरहेको छ तापनि ईन्टरनेट सुविधाबाट बञ्चित रहेको देखिन्छन । यहाँ नेपाल टेलिकम र एनसेलको टावरहरु निर्माण गरिएका छन् । सञ्चारले द्ुत गतिको डाटाहरु अपलोड÷डाउनलोड गर्ने सेवा विस्तार गरिरहेको छ । नेकपा नेताको पहलमा लिफ्रु–डाँडासिरि, कुयडा–पौठालि र कुस्कोट–बाजुरा सर्वे गरिएका सस्पेन्सन व्रिजहरु निर्माण गर्न सके यस क्षेत्रको पर्याटन र आर्थिक विकासमा समेत थप टेवा पुग्ने निश्चित छ । 
स्वास्थ्य सेवा मातृ तथा बाल मृत्युदरमा कमी ल्याउन सरकारी योजना भएतापनि निर्वाचित पदाधिकारीहरु र नयाँ संरचना अनुसार तालमेलको खाँचो देखिएको छ । विगतमा गाविसको आफ्नो पहलमा द्यष्चतज ष्ल ऋभलतभच को स्थापना गरी सेवा प्रवाह भईरहेकोमा हाल दर्वा र तोलिपाटा (वार्ड नं. ३ र ४) निर्माण गरिएका वथिंग सेन्टरहरु तत्काल सञ्चालनमा ल्याउन जरुरी रहेको छ । 
कृषि, सिंचाई, पर्यटन, शिक्षाका प्रयास थालिएको छ तापनि ठोस कदम लिन पहल गरिरहेको छ । वेरोजगारी समस्या समाधान तर्फ पहल चाल्नु आवश्यक देखिन्छ । गाउँपालिकाले पाश्र्व चित्र निर्माण गरि अध्यावधिक समेत गरिसकेको छ । यस गाउापालिकाको समग्र सूचना प्रणालिलाई एकिकृत गर्न बृहत श्रोत नक्शा निर्माण आवश्यक देखिएको छ । सडकको गुरु योजना वा अन्य कुनै सर्वे, डिजाईन नै नभई अन्धाधुन्ध खनेर फाल्ने कार्य नै विकास हो भन्ने सोच परिवर्त गर्ने जमर्कोका साथ यस गाउँपालिका अघि बढिरहेको छ । यसको वातावरणीय प्रभाव र दिगोपनामा ध्यान दिनु आवश्यक छ ।