FAQs Complain Problems

प्रधानमन्त्री रोजगार कार्यक्रमको सुचना अनुसार १८ देखि ५९ बर्ष उमेर समुहका इच्छुक बेरोजगार व्यक्तिले २०७६ साल वैशाख मसान्त भित्र देहायका कागजात सहित त्यस कार्यालयमा निवेदन पेश गर्नुहोला ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको सुचना अनुसार १८ देखि ५९ बर्ष उमेर समुहका इच्छुक बेरोजगार व्यक्तिले २०७६ साल वैशाख मसान्त भित्र देहायका कागजात सहित त्यस कार्यालयमा निवेदन दिने व्यवस्था भएकोले आफ्नो वडा भित्र स्थायी बसोबास भएका व्यक्तिहरुलाई अनुसूची ९१० अनुसारको फाराम भरी÷भराई २०७६÷२÷१० गते भित्र यस गाउपालिकाको रोजगार सेवा केन्द्रमा पठाई दिनु हुन जानकारी गराइन्छ ।

तपसिल

१। नेपाली नागरीकताको प्रतिलिपि १ थान

२। पासपोर्ट साइजको फोटो १ थान

३। शैक्षिक योग्यताको हकमा प्रमाणपत्रको प्रतिलिपि १÷१ थान

४। कुनै तालिम लिएको वा काम गरेको अनुभव भएमा प्रमाणपत्रको प्रतिलिपि १÷१ थान

५। बसाइसराइ गरी आउनुभएको निवेदकले सो को प्रमाणपत्रको प्रतिलिपि १ थान

६। विवाह गरी आउनु भएका महिला निवेदकको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि १ थान

आर्थिक वर्ष: